शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

बाढीबाट बस्ती जोगाउन तटबन्ध निर्माण गरिँदै

images
मंगलबार, असार १९ २०८०
images
images
बाढीबाट बस्ती जोगाउन तटबन्ध निर्माण गरिँदै

गत वर्ष राप्ती नदीमा आएको बाढीले मधुवाघाट र खल्ला झगडियामा तटबन्ध भत्काएको थियो। तटबन्ध निर्माण हुन नसके राप्ती नदीमा ठूलो बाढी आए गाउँतर्फ पस्ने ठूलो सम्भावना रहेको थियो।

images
images

राँझा- बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर र खल्लाझगडिया टोलमा बाढीबाट बस्ती जोगाउन तटबन्धको काम सुरु भएको छ। राप्ती नदीमा आउने बाढीका कारण अतिजोखिममा रहेको राप्ती सोनारी-२ कचनापुरको मधुवाघाट र वडा नं ७ को खल्लाझगडियामा जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत तटबन्ध निर्माणको काम अगाडि बढेको छ।

images
images
images

राप्ती नदीको बाढी गाउँ पस्न नदिन तत्कालका लागि ठूला ढुंगाको साहरामा नदी नियन्त्रणको काम सुरु भएको जनताको तटबन्धका इन्जिनियर सूर्यदेव नायकले बताए। उनका अनुसार बोलपत्र आह्वान गरेर काम गर्ने समयावधि नभएका कारण उपभोक्ता समितिमार्फत काम गर्न लागिएको हो। कचनापुरको मधुवामा काम सुरु भइसकेको छ भने खल्लाझगडियामा उपभोक्ता समिति बन्ने क्रममा रहेको छ। 

images
images

'तारजालीसहितको तटबन्ध बनाउने योजना छैन, त्यसैले ठूला ढुंगाको साहरामा कटान रोकेर बस्ती बचाउने प्रयास गरिएको छ', उनले भने, 'मनसुन सुरु भइसकेकाले अत्यावश्यक र जोखिमयुक्त स्थानमा यस्तो कार्य गर्न थालिएको हो।'

images
images
images

तटबन्ध निर्माण हुन नसके राप्ती नदीमा ठूलो बाढी आए गाउँतर्फ पस्ने ठूलो सम्भावना रहेको थियो। तटबन्ध निर्माण कार्य गर्न लागिएको सोही क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी (नमूना) ले बताइन्।

गत वर्ष राप्ती नदीमा आएको बाढीले मधुवाघाट र खल्ला झगडियामा तटबन्ध भत्काएको थियो। अहिले नदी नियन्त्रण हुन नसके बाढी गाउँतर्फ पस्ने ठूलो सम्भावना रहेकाले मनसुन सुरु भए पनि तटबन्धको काम गर्नुपरेको बाँके क्षेत्र नं १ का सांसद सूर्य ढकालले बताए।

स्थानीय विपद् व्यवस्थापन समितिको मागअनुसार कचनापुरको मधुवाघाट र खल्लाझगडिया टोलमा तटबन्ध निर्माणार्थ ढुंगा उत्खननका लागि जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले अनुमति दिइसकेको छ। रासस


प्रकाशित : मंगलबार, असार १९ २०८००५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend