शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

घट्याे पेट्रोलियम पदार्थकाे मूल्य, कुनमा कति?

images
सोमबार, असार १८ २०८०
images
images
घट्याे पेट्रोलियम पदार्थकाे मूल्य, कुनमा कति?

निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५-५ रुपैयाँ मूल्य घटाएको छ। त्यस्तै तराईको हकमा भने प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ। 

images
images

काठमाडौं- नेपाल आयल निगमले आज रातीबाट लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएकाे छ।

images
images
images

निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५-५ रुपैयाँ मूल्य घटाएको छ। त्यस्तै तराईको हकमा भने प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ। 

images
images

यसैगरी सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य घटाएको निगमले जनाएको छ।

images
images
images

यसपटक निगमले मूल्य समायोजन गर्दा तराई (चारअली‚ विराटनगर‚ जनकपुर‚ वीरगन्ज‚ अमलेखगन्ज‚ भलवारी‚ नेपालगन्ज र धनगढी) लाई पहिलो वर्गमा राखेको छ भने दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ रहेका छन्। त्यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौं‚ पोखरा र दीपायललाई राखेर इन्धनको मूल्य समायोजन गरेको हो।

अब काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०/१५० रुपैयाँ कायम भएको छ। त्यस्तै तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७.५/१४७.५ रुपैयाँ पर्नेछ।

सुर्खेतको र दाङमा भने पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९/१४९ रुपैयाँ पर्नेछ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखेको छ।

वर्गअनुसार फरक फरक मूल्य ताेकिएकाे छ। यता हवाई इन्धनमा भारी मूल्य घटाएकाे छ। तर एलपी ग्यासमा भने मूल्य समायोजन गरिएकाे छैन।

कुनमा कति? 

20230703_205553.jpg


प्रकाशित : सोमबार, असार १८ २०८०१५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend