शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

८ दातृ राष्ट्रसँग लिएको छ नेपालले ऋण, सबैभन्दा धेरै जापानको, दोस्रोमा भारत र तेस्रोमा चीन 

images
मंगलबार, असार १९ २०८०
images
images
८ दातृ राष्ट्रसँग लिएको छ नेपालले ऋण, सबैभन्दा धेरै जापानको, दोस्रोमा भारत र तेस्रोमा चीन 

दोस्रो धेरै ऋण भारतसँग रहेको छ। प्रतिवेदनअनुसार भारतसँग ३६ अर्ब ३५ करोड रूपैयाँ ऋण रहेको छ। 

images
images

काठमाडौं- गत आर्थिक वर्षको अन्त्यसम्म नेपाल सरकारले ८ देशसँग ऋण लिएको छ। अधिकांश ऋण बहुपक्षीय वित्तीय संस्थाबाट ऋण लिएको नेपालले दातृ राष्ट्रबाट पनि ऋण लिएर परिचालन गरेको छ। 

images
images
images

महालेखा नियन्त्रकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ को अन्तिमसम्म नेपाल सरकारले ८ विभिन्न दातृ राष्ट्रसँग ऋण लिएको छ। ८ देशसँग कुल १ खर्ब ३१ अर्ब रूपैयाँ बरारबको ऋण रहेको छ। 

images
images

यीमध्ये सबैभन्दा धेरै जापान सरकारको ऋण रहेको छ। प्रतिवेदनअनुसार जापानको ऋण ४८ अर्ब ८९ करोड ९२ लाख रूपैयाँ रहेको छ। जापानको सहुलियत ब्याजदरको ऋण हो। 

images
images
images

त्यस्तै दोस्रो धेरै ऋण भारतसँग रहेको छ। प्रतिवेदनअनुसार भारतसँग ३६ अर्ब ३५ करोड रूपैयाँ ऋण रहेको छ। 

तेस्रो धेरै ऋण हुने मुलुक चीन हो। गत आर्थिक वर्षको अन्त्यसम्म चीनसँग ३५ अर्ब २९ करोड ऋण रहेको छ। चीन र भारतसँगको ऋणको ब्याजदर जापनकोभन्दा उच्च हुन्छ।


प्रकाशित : मंगलबार, असार १९ २०८००१:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend