शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

विदेशमा रहेका नागरिकले प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा भोट हाल्न पाउने

images
सोमबार, असार १८ २०८०
images
images
विदेशमा रहेका नागरिकले प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा भोट हाल्न पाउने

सरकारले  विदेशमा रहेका मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिलाई नेपाली कूटनीतिक नियोगको सहयोगमा सोही मुलुकवाटै प्रतिनिधि सभाको समानुपातिक तर्फको निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन  गरी कानुन संशोधन गर्ने भएको छ।  

images
images

काठमाडौं- निर्वाचन आयोगले विदेशमा रहेका नागरिकले प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा भोट हाल्न पाउने गरी कानून संशोधन गर्ने भएको छ। 

images
images
images

आयोगले मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिलाई नेपाली कूटनीतिक नियोगको सहयोगमा सोही मुलुकबाटै प्रतिनिधिसभाको समानुपातिकतर्फको निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी कानून संशोधन गर्न लागेको हो। 

images
images

आयोगले  निर्वाचन व्यवस्थापनलाई अझ बढी स्वच्छ, निष्पक्ष, सहज र प्रभावकारी बनाउन नेपालको संविधान, सम्मानित सर्वोच्च अदालतबाट भएका निर्देशनात्मक आदेश तथा अन्तर्राष्ट्रिय अभ्यास र विगतका अनुभव तथा पृष्ठपोषण समेतका आधारमा साविकको निर्वाचनसम्बन्धी कानून परिमार्जन गरी 'निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक' मा यस्तो व्यवस्था गर्न लागेको हो।

images
images
images

सोमबार (आज) बसेको आयोगको बैठकले तयार पारेको मस्यौदा नेपाल सरकार गृह मन्त्रालय मार्फत संसदमा पेश गर्ने निर्णय गरेको समेत गरेको छ।


प्रकाशित : सोमबार, असार १८ २०८०११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend