शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

ललिता निवास प्रकरण : थप दुईजना पक्राउ

images
सोमबार, असार १८ २०८०
images
images
ललिता निवास प्रकरण : थप दुईजना पक्राउ

तत्कालीन नायब सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जन पक्राउ परेका हुन्।

images
images

काठमाडौं- ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ परेका छन्।

images
images
images

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन नायब सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

images
images

प्रहरीले आइतबार पनि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो। प्रहरीले आइतबार वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको थियो। यस प्रकरणमा पछिल्लो समय सीआईबीले नौ जनालाई पक्राउ गरिसकेको छ। 

images
images
images

उक्त प्रकरणमा केहीअघि मात्रै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालिन सरकारी कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरिएको थियो।

यस प्रकरणमा डेढ वर्षअघि नै सीआईबीले अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालयले अनुसन्धान पूर्ण नभएको र थप अनुसन्धान आवश्यक पर्ने भन्दै फाइल फिर्ता गरेको थियो। २०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चारपटक सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको सीआईबीको अनुसन्धानले देखाएको थियो।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा एक भूतपूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १ सय ७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन अवस्थामा नै छ। बालुवाटारस्थित बहुमूल्य जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।


प्रकाशित : सोमबार, असार १८ २०८०१०:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend