शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

बागलुङका स्थानीय तहले थाले पानीको मुहान जोगाउन पोखरी संरक्षण अभियान

images
सोमबार, असार १८ २०८०
images
images
बागलुङका स्थानीय तहले थाले पानीको मुहान जोगाउन पोखरी संरक्षण अभियान

स्थानीय तहले वृक्षरोपण, पोखरी निर्माण, बर,पिपल संरक्षण, कुवा तथा पौराणिक पँधेरो संरक्षणलगायत कार्यक्रम गरी पानीका मुहान जोगाउने अभियान बनाएका छन्। 

images
images

बलेवा- बागलुङका स्थानीय तहले पानीको मुहान संरक्षणका लागि विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन्। सुक्खा याममा पानीका मुहान सुक्ने र खानेपानीसमेत अभाव हुन थालेपछि मुहान संरक्षणका लागि प्राकृतिक विधि अपनाउने गरी कार्यक्रम ल्याइएको हो।

images
images
images

बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा पानीका स्रोत संरक्षणका लागि मुहान जोगाउने कार्यक्रम तयार गरिएका हुन्। स्थानीय तहले वृक्षरोपण, पोखरी निर्माण, बर,पिपल संरक्षण, कुवा तथा पौराणिक पँधेरो संरक्षणलगायत कार्यक्रम गरी पानीका मुहान जोगाउने अभियान बनाएका छन्।

images
images

जिल्ला सदरमुकामसमेत रहेको बागलुङ नगरपालिकाले पानीको मूल संरक्षण गर्न एक वडा एक पोखरी निर्माण गर्ने नीति लिएको छ। नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भने, 'नगरपालिका क्षेत्रभित्रका महत्वपूर्ण ताल तलैया, कुवा, पोखरीलगायत प्राकृतिक जलाशय संरक्षण गरी जलाधार संरक्षणमा सहयोग पुर्‍याउन तथा पानीको स्रोत संरक्षण गर्न उजाड एवं सुक्खा स्थानमा एक वडा एक पोखरी कार्यक्रम सञ्चालन गरिने छ।'

images
images
images

जैमिनी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका बर, पिपल, समीलगायत वृक्ष रोप्नाका साथै परम्परागत चौतारी र पोखरीे संरक्षण गर्ने कार्यक्रम ल्याएको छ। 'प्राकृतिक सम्पदाले पानीको मुहान संरक्षणमा ठूलो भूमिका निर्वाह गरेका  हुन्छन्,' नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने, 'सचेतना कार्यक्रममार्फत सम्पदा संरक्षण गर्ने अभियानमा छौंँ।'

काठेखोला गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका पानीका मुहान संरक्षण, जलाधार संरक्षण, जलाशययुक्त पर्यटन पूर्वाधार निर्माण गरी जलचरको संरक्षण गर्ने नीति बनाएको छ। 'जलचरको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ, मानव जीवनका लागि जलचरको संरक्षण पनि महत्वपूर्ण पाटो हो', गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले भने, 'मुहानकै कारण हाम्रा केही वडामा खानेपानीको पनि समस्या छ। खोला, खाल्साखाली पर्ती जग्गा तथा सार्वजानिक स्थलमा भएको अतिक्रमण हटाई त्यस्ता स्थानलाई सार्वजानिक प्रयोगमा ल्याउने नीति गाउँपालिकाको छ।'

बरेङ गाउँपालिकाले जोखिममा रहेका सिमसार, पोखरी र मुहान संरक्षणका लागि स्थानीय युवा, महिला र सामाजिक संघ-संस्था परिचालन गर्ने नीति लिएको छ। सर्वसाधारणको सहभागितामा नै सिमसार, पोखरी र मुहान संरक्षण गर्दा दिगो र प्रभावकारी हुने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए।

जलवायु परिवर्तनको जोखिमसँग जुध्न र पानीका मुहान संरक्षण गर्न यस्ता कार्यक्रम ल्याइएको उनको भनाइ थियो। रासस


प्रकाशित : सोमबार, असार १८ २०८००७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend