शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

शुक्लाफाँटाका १२ संवेदनशील स्थानमा सीसीटीभी क्यामेरा जडान

images
सोमबार, असार १८ २०८०
images
images
शुक्लाफाँटाका १२ संवेदनशील स्थानमा सीसीटीभी क्यामेरा जडान

अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि नगरपालिकाले सीसीटीभी क्यामेरा जडान गरेको हो।

images
images

कञ्चनपुर- शान्ति सु-व्यवस्था कायम राख्नका लागि शुक्लाफाँटा नगरपालिकाले संवेदनशील १२ स्थानमा सीसीटीभी क्यामेरा जडान गरेको छ। अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि नगरपालिकाले सीसीटीभी क्यामेरा जडान गरेको हो।

images
images
images

नगरपालिकाका पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने तीन बजार वन समिति, झलारी र कलुवापुर क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिएका छन्। बजार क्षेत्रमा हुने चोरी, लुटपाट, अन्य अपराधिक क्रियाकलाप, बढ्दै गएको सडक दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक समस्या समाधान गर्ने उद्देश्यले क्यामेरा जडानको कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए। उनका अनुसार सुरक्षाको दृष्टिकोणले संवेदनशील रहेका क्षेत्रको पहिचान गरी क्यामेरा जडानको कार्य गरिएको छ।

images
images

कलुवापुर बजार क्षेत्रमा दुई, झलारी बजारमा दुई, प्रगति टोलमा दुई, शान्तिपथ रोडमा दुई, कलुवापुर वन क्षेत्रमा दुई, पूर्वपश्चिम राजमार्गको नयाँ प्रतिक्षालय नजिक दुई गरी १२ सीसीटीभी क्यामेरा जडान गरिएको छ। 'सीसीटीभी क्यामेरा जडानको कार्यले प्रहरीलाई अपराध अनुसन्धान गर्ने कार्यमा निकै सघाउ पुग्छ', उनले भने, 'सीसीटीभी क्यामेराको कन्ट्रोल इलाका प्रहरी कार्यालय झलारीमा राखेका छौँ।'

images
images
images

नगर क्षेत्रका अन्य सुरक्षाका र सवारी दुर्घटनाका दृष्टिकोणले संवेदनशील रहेका क्षेत्रमा अगामी आवमा सीसीटीभी क्यामेरा जडान गर्दै लैजाने योजना रहेको नगर प्रमुख रणबहादुर महराले बताए। 'सीसीटीभी क्यामेरा केही नगरपालिकाको आन्तरिक स्रोतबाट बजेट परिचालन गरी जडान गर्छौं', उनले भने, 'अपुग भएका ठाउमा दातृ निकाय, संघीय सरकार र प्रदेश सरकारसँग बजेट जुटाइ जडान कार्य हुन्छ, यसका लागि योजना बनाइएको छ।'

उनका अनुसार नगर क्षेत्रमा स्वचालित सडक बत्ती जडानको कार्य अगाडि बढाइएको छ। पूर्वपश्चिम राजमार्ग र वडाका महत्वपूर्ण स्थानमा सडक बत्ती जडान गरिएका छन्। रासस


प्रकाशित : सोमबार, असार १८ २०८००६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend