शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

मुख्य राजमार्ग : कहाँ-कहाँ अवरुद्ध, कहाँ चल्न थाले सवारी?

images
सोमबार, असार १८ २०८०
images
images
मुख्य राजमार्ग : कहाँ-कहाँ अवरुद्ध, कहाँ चल्न थाले सवारी?

बाजुराबाट मुगु खत्याड जाने सडक खण्डमा भने वैकल्पिक बाटोबाट आवागमन सहज बनाइएको सडक विभागले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। 

images
images

काठमाडौं- गतसाताको अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गहरु अवरुद्ध भए। सडक विभाग तथा मातहतका कार्यालय र स्थानीय सरकारको पहलमा सडक सञ्चालनमा ल्याउने काम तीव्र गतिमा भइरहेको छ। 

images
images
images

पहिरोका कारण अवरुद्ध कतिपय सडक पुन: सञ्चालनमा आएका छन् भने केहीमा अवरोध पन्छाउने काम जारी छ।

images
images

सडक विभागले पछिल्लो पटक सोमबार बिहान १० बजे अद्यावधिक गरेको तथ्यांकअनुसार अहिले ४ वटा राजमार्गहरु अवरुद्ध छन्। कोशी प्रदेशको तमोर करिडोर सडकखण्ड, मेची राजमार्ग सडकखण्ड, गण्डकी प्रदेशको बेनी मालढुंगा सडकखण्ड र कर्णाली प्रदेशको बाजुराबाट मुगु खत्याड जाने सडक खण्ड अवरुद्ध छन्।

images
images
images

बाजुराबाट मुगु खत्याड जाने सडक खण्डमा भने वैकल्पिक बाटोबाट आवागमन सहज बनाइएको सडक विभागले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। 

असार १८ गते रातीदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड भने बिहान ७ बजेबाट पुन: सञ्चालनमा आएको छ।


प्रकाशित : सोमबार, असार १८ २०८००५:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend