शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

वीरगञ्ज सुक्खा बन्दरगाहमा पहिलो पटक रेलबाट डस्टी कार्गो नेपाल भित्रियो

images
आइतबार, असार १७ २०८०
images
images
वीरगञ्ज सुक्खा बन्दरगाहमा पहिलो पटक रेलबाट डस्टी कार्गो नेपाल भित्रियो

डस्टी कार्गो अन्तर्गत क्लिंकर, सिमेन्ट, कोइला, डन्डी, सीआर सिट, मलखाद, नुनलगायत वस्तुहरू नेपालमा आयात गरिन्छन्।

images
images

काठमाडौं- वीरगञ्ज सुक्खा बन्दरगाहमा आइतबार पहिलो पटक डस्टी कार्गो हेन्डलिङ भएको छ। गोदावरी कमोडिटिज लिमिटेडको ३६ सय मेट्रक टन कोइला लिएर आएको भारतीय रेल आज वीरगञ्ज सुक्खा बन्दरगाहमा आएको हो। 

images
images
images

२०७९ पुस २४ गतेदेखि नै डस्टी कार्गो नेपाल आउन सुरु गरेको भएता पनि यसअघि भारतको रक्सौलसम्म रेलमा ल्याइ त्यहाँबाट ट्रकमा राखेर वीरगञ्ज एकीकृत जाँच चौकी (आईसीपी) बाट मात्र डष्टी कार्गो नेपाल आउने गरेको थियो।

images
images

यसअघि वीरगञ्ज सुक्खा बन्दरगाहमा डस्टी कार्गो व्यवस्थापनको लागि आवश्यक भौतिक पूर्वाधार नहुँदा डस्टी कार्गो भारतको रक्सौलमा झारेर त्यहाँबाट ट्रकमा नेपाल ल्याउनुपर्ने बाध्यता रहेको थियो।

images
images
images

हाल वीरगञ्ज सुक्खा बन्दरगाहमा मानव स्वास्थ्यमा असर नपर्ने गरी ६ नं. रेल्वे ट्र्याकमा डस्टी कार्गो व्यवस्थापनको लागि आवश्यक भौतिक पूर्वाधार (डस्टी कार्गो झार्ने/राख्ने ठाउँ) को व्यवस्था तयार गरिएको छ।

यससँगै डस्टी कार्गो भारतको रक्सौलमा झारेर त्यहाँबाट ट्रकमा नेपाल ल्याउनुपर्ने बाध्यता हटेको छ।

डस्टी कार्गो अन्तर्गत क्लिंकर, सिमेन्ट, कोइला, डन्डी, सीआर सिट, मलखाद, नुनलगायत वस्तुहरू नेपालमा आयात गरिन्छन्।

डस्टी कार्गो भारतको रक्सौलमा झारेर पुनः नेपाल ल्याउँदा झन्झटिलो हुनाको साथै खर्च समेत बढी लाग्ने गरेको थियो। अब रेलबाट सिधै वीरगञ्ज सुक्खा बन्दरगाहसम्म डस्टी कार्गो ल्याउन सकिन्छ। जसबाट व्यवसायीहरुले अहिले व्यहोर्नु परिरेहेको झन्झट तथा अतिरिक्त लागतमा कमी हुनेछ। 


प्रकाशित : आइतबार, असार १७ २०८०११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend