शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

कार्यालय प्रमुख फेरिनेवित्तिकै विमानस्थल भन्सारबाट धमाधम पास हुन थाले रिफर्बिस ल्यापटप 

images
आइतबार, असार १७ २०८०
images
images
कार्यालय प्रमुख फेरिनेवित्तिकै विमानस्थल भन्सारबाट धमाधम पास हुन थाले रिफर्बिस ल्यापटप 

गुणस्तर यकिन नभएकोमात्र होइन मूल्यांकनमै समस्या हुने भएपछि भन्सारले यस्ता उपकरणको भन्सार पास रोकिदिएको थियो। तर निमित्त बनेर आउनेवित्तिकै गौतमले धमाधम पास गरिदिएका छन्। कार्यालय स्रोतका अनुसार आजमात्र ७३ थान ल्यापटप पास भएका छन्। 

images
images

काठमाडौं- विदेशबाट ल्याइएका रिफर्बिस ल्यापटपलाई रोक्ने यसअघिको निर्णय उल्टाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आजदेखि पास गर्न थालेको छ। 

images
images
images

रिफर्बिस ल्यापटप र पार्ट्सको आयात यसअघि रोकिएको थियो। तर अरुण पोखरेल विमानस्थल कार्यालय प्रमुखबाट बिदा भएसँगै आजदेखि निमित्त प्रमुख बनेका नारद गौतमले रिफर्बिस कम्प्युटर, ल्यापट र पार्टसको भन्सार पास गरिदिएका छन्। 

images
images

यसअघि भन्सार कार्यालयले यस्ता पुराना कम्प्युटर र पार्ट्सको आयात रोक्नेभन्दै बरामद गरेको थियो। यसअघि बरामद भएका पाँच सय थान ल्यापटप लिलामीमा गइसकेका छन्। 

images
images
images

गुणस्तर यकिन नभएकोमात्र होइन मूल्यांकनमै समस्या हुने भएपछि भन्सारले यस्ता उपकरणको भन्सार पास रोकिदिएको थियो। तर निमित्त बनेर आउनेवित्तिकै गौतमले धमाधम पास गरिदिएका छन्। कार्यालय स्रोतका अनुसार आजमात्र ७३ थान ल्यापटप पास भएका छन्।

विदेशबाट रिबर्सिस ल्यापटप ल्याएर भन्सारमा न्यून मूल्य देखाएर न्यून राजस्व तिर्ने तर बजारमा नयाँकै मूल्यमा बिक्री वितरण गर्ने गरेको पाइएको थियो। बजारमा शंकास्पद गतिविधि देखिएपछि पहिले राजस्व अनुसन्धान विभाग, भन्सार विभागको छलफलबाट त्यस्ता उपकरणको भन्सार पास रोक्ने निर्णय भएको थियो। 

बजारबाट फिर्ता भएका उपकरणको मर्मत गरेर नयाँ जस्तै गरि बजारमा पठाउने गरिन्छ। विदेशमा रिफर्बिस अनुमति भएका ठाउँमा यसलाई सस्तो मूल्यमा कारोबार गरिन्छ। विदेशी बजारबाट यस्तो सस्तो मूल्यमा ल्याउने तर नेपालमा भने नयाँजस्तै बिक्री गर्ने गिरोहले आयात गर्दै आएका छन्।

यसरी उपकरणको भन्सार पास रोकिएपछि त्यसरी आयात गर्ने व्यवसायीहरूले शक्तिकेन्द्र धाउन थालेका थिए। माथिल्लो राजनीतिक नेतृत्वसम्म पुगेर दबाब दिन थालेका थिए। दबाब दिएपनि भन्सार कार्यालय टसमस भएको थिएन। तर अरुण पोखरेलले कार्यालय छाड्नेतवित्तिकै अहिले धमाधम त्यस्ता ल्यापटप पास हुन थालेका छन्। पोखरेलअघिका प्रमुख महेश भट्टराईले पनि यस्ता उपकरणको आयातमा रोक लगाइदिएका थिए। 


प्रकाशित : आइतबार, असार १७ २०८०११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend