शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

कोशी करिडोर : साढे ६ किमी ट्र्याक खोल्न बाँकी

images
आइतबार, असार १७ २०८०
images
images
कोशी करिडोर : साढे ६ किमी ट्र्याक खोल्न बाँकी

राष्ट्रिय गौरवका तीन करिडोर सडकमध्ये सबैभन्दा बढी ट्र्याक खोल्न कोशी करिडोरमा नै बाँकी देखिएको छ। निर्माणाधीन तीन करिडोर सडकमध्ये कालीगण्डकी करिडोरमा प्रगति तुलनात्मकरुपमा बढी रहेको छ।

images
images

काठमाडौं- कोशी प्रदेशको समृद्धिको आधार बन्न सक्ने कोशी करिडोरमा अझै झण्डै ६ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी छ। नेपाली सेनालाई खाँदबारी-किमाथांका खण्डमा साढे १० किमी ट्र्याक खोल्न दिइएकामा अहिले सो काम भइरहेको उत्तर-दक्षिण करिडोर आयोजना निर्देशनालयले जनाएको छ।

images
images
images

सरकारले दुई वर्ष पहिले सो खण्डको ट्र्याक खोल्न सेनालाई जिम्मेवारी दिएको थियो। आयोजना कार्यालय आफैले ट्र्याक खोल्ने ठाउँमा काम भइसकेको आयोजनाका प्रमुख श्यामबहादुर खड्काकाले जानकारी दिए। अप्ठेरो खण्डमा काम बाँकी भएकाले त्यो मात्रै सेनालाई दिइएको थियो। उनले भने, 'सेनाले ट्र्याक खोलेपछि हामी स्तरोन्नति गर्छौँ।'

images
images

यसअघि आयोजना आफैँले ट्र्याक खोलिसकेको भागमा अहिले स्तरोन्नति भइरहेको छ। खाँदबारीको लबिङ हिलदेखि अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइटसम्म अहिले स्तरोन्नति भइरहेको र यो खण्डमा ४९ किमीसम्म कालोपत्रको ठेक्का सञ्चालनमा रहेको र त्यसपछिको ३० किमीमा ग्राभेल भइसकेको छ। 

images
images
images

आयोजना प्रमुख खडकाले भने, 'कालोपत्रका लागि स्रोत सुनिश्चित हुन बाँकी छ।' करिडोरको एक सय ६२ किमी लम्बाइमध्ये अहिले ८० किमीमा स्तरोन्नति भइसकेको छ भने ८२ किमीमा स्तरोन्नति गर्न बाँकी रहेको आयोजनाले जनाएको छ। ट्र्याक खुलिसकेर स्तरोन्नति हुन बाँकी खण्डमा स्रोत सुनिश्चितताका लागि योजना आयोग र अर्थ मन्त्रालयमा फाइल पेस गरिएकामा टुङ्गो लागेपछि काम काम अघि बढ्ने उनको भनाइ थियो।

ट्र्याक खोल्न थोरै मात्रै बाँकी भएकाले पनि सरकारले पर्याप्त बजेट विनियोजन गरेमा यसलणई सम्पन्न गर्न लामो समय नलाग्ने देखिएको छ। निश्चित समयमा सक्न त्यहीअनुसार स्रोत सुनिश्चित हुनुपर्ने र बजेट विनियोजन हुनुपर्ने आयोजना प्रमुख खड्काले बताए। निर्माण कम्पनीले त्यहीअनुसार काम गर्न आवश्यक छ। उनले भने, 'बाँकी खण्डमा ठेक्का लगाउन जति ढिला भयो योजनाको अवधि पनि उति नै लामो हुन्छ।'

नयाँ लक्ष्य निर्धारणका लागि पहिले सोत सुनिश्चित भएपछि कति समय लाग्छ भन्ने हिसाब गर्न सकिन्छ। आगामी आवमा  सरकारले उत्तर दक्षिण करिडोर सडकका लागि तीन अर्ब ४० करोड रूपैयाँ विनियोजन गरेको छ। यो रकम गत वर्षभन्दा खासै कम देखिँदैन। आयोजना प्रमुख खड्काले भने, 'पहिरो कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने अध्ययन गरेर कार्यान्वयन गर्न जरुरी रहेको छ।'

कतिपय स्थानमा नेपालतर्फबाट ट्र्याक नै नखुलेकाले चीनतर्फबाट सामान ल्याएर गर्नुपर्ने छ। केही समय पहिलेसम्म सीमा रोकिएकाले आवश्यक सामग्री आयातमा समस्या रहेपनि अहिले समस्या समाधान हुन थालेको छ।

उत्तर-दक्षिण करिडोरमा भौगोलिक कठिनाइका कारण पनि समस्या आइरहेको छ । उत्तरी क्षेत्रमा हिउँ पर्ने र चिसोका कारण काम गर्न मिल्ने अवधि कम रहेको छ। राष्ट्रिय गौरवका तीन करिडोर सडकमध्ये सबैभन्दा बढी ट्र्याक खोल्न कोशी करिडोरमा नै बाँकी देखिएको छ। सरकारले भारतीय सीमादेखि उत्तरी सीमासम्म फैलने गरी केही वर्ष पहिले कोशी, कर्णाली र कालीगण्डकी करिडोर सडक निर्माण सुरु गरेको थियो।

निर्माणाधीन तीन करिडोर सडकमध्ये कालीगण्डकी करिडोरमा प्रगति तुलनात्मकरुपमा बढी रहेको छ। कालीगण्डकी करिडोरमा वैदेशिक सहयोग भए पनि कोशी र कर्णाली सरकारको लगानीमा निर्माण भइरहेका छन्। रासस


प्रकाशित : आइतबार, असार १७ २०८०११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend