शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

सांसदको प्रश्न : ‘केही व्यापारिक घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था किन?’

images
आइतबार, असार १७ २०८०
images
images
सांसदको प्रश्न : ‘केही व्यापारिक घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था किन?’
फाइल तस्बिर

'पेन्सिलको सार्पनर, बच्चाहरुले प्रयोग गर्ने सामानमा कर बढाउने तर एउटा पुस्तालाई बिगारिरहेको इलेक्ट्रोनिक चुरोट र सुर्तिजन्य पदार्थमा कर नबढाउने?' रास्वपा सांसद मनिष झाले प्रश्न गरे।

images
images

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले निश्चित व्यापारी घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था गरिएको आरोप लगाएका छन्।

images
images
images

प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक विधेयक, २०८० माथि सांसद सुमना श्रेष्ठ र शिशिर खनालले प्रस्तुत गरेको संशोधनलाई समर्थन गर्दै झाले कर व्यवस्था आम जनतालाई मारमा पार्ने किसिमको भएको भन्दै आपत्ति जनाएका हुन्।

images
images

'समाजवादको अभ्यास गर्ने दाबी गर्दै गर्दा किन हामी केही व्यापारी घरानालाई सहयोग पुग्ने बजेट बनाउँछौ?', उनले भने, 'पेन्सिलको सार्पनर, बच्चाहरुले प्रयोग गर्ने सामानमा कर बढाउने तर एउटा पुस्तालाई बिगारिरहेको इलेक्ट्रोनिक चुरोट र सुर्तिजन्य पदार्थमा कर नबढाउने?' 

images
images
images

उनले दैनिक उपभोग्य तरकारी आलु र प्याजमा कर बढाएको भन्दै असन्तुष्टि व्यक्त गरे। तर देश आत्मनिर्भर भइरहेको उत्पादनलाई लक्षित गरेरै माछा मासुमा कर हटाएको उनको आरोप छ।

सांसद सोविता गौतमले निम्न वर्गीय नागरिककाले उपभोग गर्ने वस्तुमा कर बढाएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। उनले भनिन्, 'करमा प्रोग्रेसिभ देखिएन। दैनिक उपभोग्य वस्तुमा राहतको अपेक्षा गरेका आमजनातामाथि कुठाराघात भएको छ।'

उनले किसानको उत्पादनलाई बिचौलियामुक्त बनाउन सरकारको ध्यानार्कषण गराइन्। रासस


प्रकाशित : आइतबार, असार १७ २०८०१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend