शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

आलु, प्याजलगायत दैनिक उपभोग्य वस्तुमा कर नबढाउन सांसदको माग 

images
आइतबार, असार १७ २०८०
images
images
आलु, प्याजलगायत दैनिक उपभोग्य वस्तुमा कर नबढाउन सांसदको माग 

सांसद रञ्जुकुमारी झाले आलु र प्याजमा लागेको कर हटाउन माग गरिन्। 

images
images

काठमाडौं- सांसदहरुले दैनिक उपभोग्य वस्तुमा करको दायरा नबढाउन सुझाव दिएका छन्।

images
images
images

प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक विधेयक, २०८० माथिको छलफलका क्रममा सांसदहरुले आलु र प्याजलगायत दैनिक उपभोग्य वस्तुमा कर नबढाउन माग गरेका हुन्।

images
images

सांसद भगवती चौधरीले पनि दैनिक उपभोग्य वस्तुमा कर नबढाउन माग गरेकी हुन्। उनले आत्मनिर्भर नभएका वस्तुको आयातमा कर बढाउन नहुने धारणा राखिन्। सांसद रञ्जुकुमारी झाले पनि आलु र प्याजमा लागेको कर हटाउन माग गरिन्। 

images
images
images

सांसद रेखा यादवले पुर्खौली घरजग्गामा लाभकर हटाउनुपर्ने माग गरिन्। सांसद अमृतलाल राजवंशीले विदेशबाट मोबाइल फोन भित्र्याउँदा लाग्ने करले वैदेशिक रोजगारमा गएका श्रमिक मारमा परेको बताए। रासस

 

 


प्रकाशित : आइतबार, असार १७ २०८०१०:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend