शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

गलकोट नगरपालिकाले स्थानीय पाठ्यक्रममा राख्यो वैदेशिक रोजगारसम्बन्धी विषय

images
आइतबार, असार १७ २०८०
images
images
गलकोट नगरपालिकाले स्थानीय पाठ्यक्रममा राख्यो वैदेशिक रोजगारसम्बन्धी विषय

वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमा स्वरोजगार हुने मानसिकताको विकास गर्न र जानै परे वैदेशिक रोजगारीको विषयमा ज्ञान लिएर जाने वातावरण बनाउनका लागि पाठ्यक्रममा यो विषय समावेश गरिएको नगर प्रमुख भरत शर्मा गैरेले बताए।

images
images

बलेवा- बागलुङको गलकोट नगरपालिकाले नेपालमा नै पहिलो पटक स्थानीय पाठ्यक्रममा वैदेशिक रोजगारीसम्बन्धी विषय समावेश गरेर पठनपाठन सुरु गरेको छ।

images
images
images

चालु शैक्षिकसत्रबाट आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागु गरेको नगरपालिकाले कक्षा ६ को पाठ्यपुस्तकमा वैदेशिक रोजगारी र त्यसको सामाजिक प्रभावको विषय समावेश गरेको हो। सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाले वैदेशिक रोजगारीका विषयमा बालबालिकालाई ज्ञान हुन आवश्यक रहेकाले पाठ्यक्रममा नै यो विषय समावेश गरेको नगर प्रमुख भरत शर्मा गैरेले बताए।

images
images

वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमा स्वरोजगार हुने मानसिकताको विकास गर्न र जानै परे वैदेशिक रोजगारीको विषयमा ज्ञान लिएर जाने वातावरण बनाउनका लागि पाठ्यक्रममा यो विषय समावेश गरिएको गैरेले बताए। 'वैदेशिक रोजगारी स्वाभाविक प्रक्रिया जस्तो भइसक्यो, कम्तीमा यसको विषयमा बुझेर जाउन, सीप सिकेर जाउन भन्ने हो', उनले भने, 'वैदेशिक रोजगारीसम्बन्धी सचेतनाका लागि यो प्रयास थालिएको हो।' 

images
images
images

वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यक्रम अधिकृत शिव रेग्मीले वैदेशिक रोजगारीका विषयमा पढाउने देशभरका सात सय ५३ स्थानीय तहमध्ये गलकोट पहिलो स्थानीय तह भएको बताए। सुरक्षित आप्रवासनका लागि पाठ्यक्रमले धेरै सहयोग गर्ने उनको बुझाइ छ। 

'हामीले पनि धेरै सहयोग गरेर पाठ्यक्रम तयार भएको छ, कक्षा ६ मा पढाइ हुनु खुसीको कुरा हो', रेग्मीले भने, 'यो पढाइ व्यावहारिक हुनेछ, अन्य स्थानीय तहले पनि लागु गर्दा राम्रो हुन्छ।' वैदेशिक रोजगारीमा गएका र जान खोज्ने ठगिने गरेकाले यो पाठ्यक्रमले त्यसलाई रोक्ने उनको बुझाइ छ। 

विदेश जान चाहने तथा विदेशमा पुगेर पनि ठगिएका नेपालीले उपचार खोज्ने र न्याय पाउने अवस्था चुनौतीपूर्ण छ। यस्तो बेला सचेतनाको अभाव हुने गरेको उनले बताए। बागलुङको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाले पनि वैदेशिक रोजगारीको विषय पाठ्यक्रममा समावेश गर्ने चरणमा रहेको उनले जानकारी दिए। 'हामीले सुझाव दिएका छौँ, उहाँहरु सकारात्मक हुनुहुन्छ', उनले भने, 'यो सबैका लागि जरुरी विषय पनि हो।'

बागलुङका नगर उपप्रमुख राजु खड्काले वैदेशिक रोजगारीका विषयमा बालबालिकादेखि वयस्कसम्म सबैमा सचेतना पुर्‍याउन आवश्यक रहेको बताए। उनले देशमा नै रोजगारी पर्याप्त नभएर विदेश जानुपर्दा सीप, ज्ञान सिकेर जाने युवाले काम पनि राम्रो पाउने तथा कमाइ पनि राम्रो हुने र सुरक्षित पनि भइने बताए।

बागलुङको बागलुङ, जैमिनी र गलकोट नगरपालिका तथा काठेखोला गाउँपालिकाले आप्रवासी पाश्र्वचित्र तयार गरेका छन्। यसबाट आप्रवासन प्रक्रियालाई सुरक्षित बनाउन सकिने सरोकारवाला बताउँछन्। वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनका लागि विभिन्न तरिकाले स्थानीय तहहरुले काम अघि बढाएको सुरक्षित आप्रवासन कार्यक्रम बागलुङका संयोजक मिनप्रसाद पौडेलले बताए। रासस


प्रकाशित : आइतबार, असार १७ २०८००९:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend