शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

नारायणगढ-मुग्लिन सडक : पहिरो पन्छाउन समय लाग्ने

images
आइतबार, असार १७ २०८०
images
images
नारायणगढ-मुग्लिन सडक : पहिरो पन्छाउन समय लाग्ने

अर्को ढिस्को पनि खस्ने अवस्थामा रहेको डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले बताए।

images
images

चितवन- नारायणगढ-मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ। इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो। 

images
images
images

डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खुलाउन सकिने बताए। पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उनको भनाइ छ। अर्को ढिस्को पनि खस्ने अवस्थामा रहेको उनले जानकारी दिए। 

images
images

सो स्थानमा बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ। छिनछिनमा पहिरो खस्दा यातायात अवरुद्ध हुँदै आएको छ।

images
images
images


प्रकाशित : आइतबार, असार १७ २०८००६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend