शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

ओखलढुंगाका सुकुम्बासीलाई लालपुर्जाका लागि निस्सा वितरण

images
आइतबार, असार १७ २०८०
images
images
ओखलढुंगाका सुकुम्बासीलाई लालपुर्जाका लागि निस्सा वितरण

निस्सा पाएका लाभग्राहीको अब थप अनुगमन गरेर जग्गा वितरणका लागि नापजाँच गर्ने कार्य अगाडि बढेपछि छिट्टै लालपुर्जा वितरण हुने जिल्ला भूमि आयोगले जनाएको छ।

images
images

ओखलढुंगा- यहाँका सुकुम्बासीलाई लालपुर्जाका लागि निस्सा वितरण गरिएको छ। राष्ट्रिय भूमि आयोग जिल्ला समितिले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर भूमिहीन र सुकुम्बासीलाई निस्सा वितरण गर्न थालेको हो।

images
images
images

जिल्लामै पहिलो पटक सुनकोशी गाउँपालिका-१ का राजु लुइँटेल र विनोद मगर, वडा नं ४ की बेलमाया राई, वडा नं ९ का बलबहादुर मोक्तान तथा १० की डेककुमारी घिमिरेले निस्सा पाएका छन्।

images
images

प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी, गाउँपालिका अध्यक्ष कमल तामाङ र जिल्ला भूमि आयोगका अध्यक्ष पुरुषोत्तम लुइँटेलले सुकुम्बासीलाई निस्सा हस्तान्तरण गरेका थिए।

images
images
images

जिल्लाका आठ स्थानीय तहमध्ये सुनकोशी गाउँपालिकाबाट भूमिहीन र सुकुम्बासीलाई निस्सा वितरण सुरु गरिएको आयोगका जिल्ला अध्यक्ष लुइँटेलले बताए। विभिन्न कागजपत्र र तीनपुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका लाभग्राहीलाई पनि प्रक्रिया पूरा गरेर निस्सा वितरण गरिने उनको भनाइ छ।

निस्सा वितरण गर्दै गाउँपालिकाका अध्यक्ष तामाङले लामो समयसम्म जग्गा नपाएका सुकुम्बासी नागरिकले निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको बताए। लालपुर्जा प्राप्तिका लागि स्थानीय तहले आवश्यक सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए।

प्रमुख जिल्ला अधिकारी कुमारीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकार लागिपरेको बताइन्। जिल्लामा यकीन विवरण तयार गरेर निष्पक्ष भएर कोही नछुट्ने गरी आयोगले काम गर्नुपर्ने उनको भनाइ छ।

निस्सा प्राप्त गरेकाले अब लालपुर्जा पाउने आशा राखेका छन्। निस्सा पाएका लाभग्राहीको अब थप अनुगमन गरेर जग्गा वितरणका लागि नापजाँच गर्ने कार्य अगाडि बढेपछि छिट्टै लालपुर्जा वितरण हुने आयोगले जनाएको छ। पहिलो चरणमा जिल्लामा एक सयभन्दा बढीको संख्यामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिने आयोगले जनाएको छ। रासस 


प्रकाशित : आइतबार, असार १७ २०८००६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend