शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

जेठ २३ देखि हिमालयन ट्राभल मार्ट, २५ देशको प्रतिनिधित्व हुने

images
आइतबार, जेठ २१ २०८०
images
images
जेठ २३ देखि हिमालयन ट्राभल मार्ट, २५ देशको प्रतिनिधित्व हुने

मार्टमा २५ देशका चार सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ। जसमा ५० क्रेता र ५० बिक्रेताले सहभागिता जनाउने छन्। मार्टमा विभिन्न विधामा १५ भन्दा बढी वक्ताले प्रस्तुति दिनेछन्।

images
images

काठमाडौं- पर्यटन प्रवर्द्धनका लागि यही जेठ २३ देखि २६ सम्म हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ। प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आयोजना हुन लागेको हो। 

images
images
images

मार्टको सम्पूर्ण तयारी पूरा भएको पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशसिंह बुडालले जानकारी दिए। उनका अनुसार मार्टमा २५ देशका चार सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ। जसमा ५० क्रेता र ५० बिक्रेताले सहभागिता जनाउने छन्। मार्टमा विभिन्न विधामा १५ भन्दा बढी वक्ताले प्रस्तुति दिनेछन्।

images
images

कोरोनापछिको पर्यटन पुनरुत्थान अभियानलाई सहयोग पुर्‍याउनुका साथै मुलुकमा सञ्चालनमा आएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सक्रिय रुपमा सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्यले विशेष सत्र सञ्चालन हुने सीईओ बुडालको भनाइ छ। 'दुई अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सम्बन्धित क्षेत्रका विज्ञलाई बोलाएर छलफल तथा रायसुझाव लिइनेछ', उनले भने।

images
images
images

‘रि(कनेक्टिङ, रि-बिल्डिङ र रि-इन्भिगोरेटिङ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको मार्ट अन्तरदेशीय पर्यटन प्रवर्द्धन र सम्भावित बजारमा प्याकेज बिक्री वितरणमा उपयोगी हुने विश्वास लिइएको छ। 

मार्टको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन्। देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाका रुपमा स्थापित मार्टले पुनरुत्थानको दिशामा अघि बढेको मुलुकको पर्यटन क्षेत्रलाई थप गतिशिल बनाउन तथा हिमालय क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि मद्दत पुग्ने विश्वास लिइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, पाटा अन्तर्राष्ट्रियलगायत पर्यटन क्षेत्रका विभिन्न संघ-संस्थाको विशेष सहयोग तथा सहकार्यमा मार्ट आयोजना गर्न लागिएको हो। 

सन् २०१७ देखि २०१९ सम्म वार्षिकरुपमा आयोजना हुँदै आएको मार्ट कोभिड-१९ महामारीका कारण सन् २०१९ पश्चात आयोजना हुन नसकेको थिएन। नेपाललाई विश्वसामु ‘हिमालय प्रवेशद्वार’ साहसिक पर्यटनको केन्द्र तथा सबल पर्यटन मैत्री गन्तव्यको बलियो ब्राण्डका रुपमा स्थापित गर्ने प्रमुख उद्देश्यका साथ हरेक वर्ष मार्ट आयोजना हुँदै आएको छ। रासस


प्रकाशित : आइतबार, जेठ २१ २०८००९:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend