शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

कति कमाउनेले राज्यलाई कति तिर्ने कर? हेर्नुहोस् विवरणसहित

images
शुक्रबार, जेठ १९ २०८०
images
images
कति कमाउनेले राज्यलाई कति तिर्ने कर? हेर्नुहोस् विवरणसहित

व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि राज्यका हरेक नागरिकले सरकारलाई कुनै न कुनै रूपमा कर बुझाउनैपर्छ। सरकारले पनि हरेक वर्ष व्यक्तिले गर्ने आयआर्जनमा लिने करको दायरा फरक गरिरहेको हुन्छ।

images
images

काठमाडौं- व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि राज्यका हरेक नागरिकले सरकारलाई कुनै न कुनै रूपमा कर बुझाउनैपर्छ। सरकारले पनि हरेक वर्ष व्यक्तिले गर्ने आयआर्जनमा लिने करको दायरा फरक गरिरहेको हुन्छ।

images
images
images

व्यक्तिको आयआर्जन कर पनि राज्यले विभिन्न तवरबाट संकलन गर्दै आएको छ। सरकारले आर्थिक ऐन २०८० मार्फत २०८०/०८१  का लागि आयकरको सीमा सार्वजनिक गरेको छ।

images
images

जसमा विवाहित र अविवाहितका लागि फरक-फरक सीमा रहेको छ। अविवाहितले वार्षिक ५ लाख रुपैयाँ मात्रै आम्दानी गर्ने गरेको छ भने उसले १ प्रतिशतमात्रै आयकर तिर्नु पर्छ। विवाहितको हकमा भने ६ लाख रुपैयाँसम्मको १ प्रतिशत अर्थात ६ हजार आयकर तिर्नु पर्छ।

images
images
images

कति कमाउँदा कति तिर्ने?

अविवाहितको हकमा

- ५ लाख रुपैयाँसम्म १ प्रतिशत अर्थात ५ हजार रुपैयाँ

- ५ देखि ७ लाख रुपैयाँसम्मको हकमा थप १० प्रतिहतका दरले २० हजार  रुपैयाँ

- ७ लाखदेखि १० लाख सम्मको हकमा २० प्रतिशतका दरले ६० हजार रुपैयाँ

- १० लाखदेखि २० लाख रुपैयाँसम्म  ३० प्रतिहतका दरले ३ लाख रुपैयाँ

- २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म ३६ प्रतिशतका दरले १ लाख ८ हजार रुपैयाँ

- ५० लाखभन्दा माथिको हकमा प्रतिलाख ३९ प्रतिशत दरले कर तिर्नु पर्छ।

विवाहितको हकमा

- ६ लाख रुपैयाँसम्म १ प्रतिशतका दरले ६ हजार रुपैयाँ

- ६ लाखदेखि ८ लाख रुपैयाँसम्मको हकमा १० प्रतिशतका दरले २० हजार रुपैयाँ

- ८ लाखदेखि ११ लाख रुपैयाँसम्मको हकमा २० प्रतिशतका दरमा ६० हजार रुपैयाँ

- ११ लाखदेखि २० लाख रुपैयाँसम्म ३० प्रतिशतको दरमा २ लाख ७० हजार रुपैयाँ

- २० लाखदेखि ५० लाख रुपैयाँसम्मको हकमा ३६ प्रतिशतको दरमा १ लाख ड हजार रुपैयाँ

- ५० लाख रुपैयाँ भन्दा माथिको हकमा प्रतिलाख ३९ प्रतिशत कर लाग्ने छ।

वार्षिक ६० लाख आम्दानी गर्नेले कति कर तिर्ने हेर्नुहोस् हिसाबकिताबको विवरण

bdffa0d4-f370-449d-a470-ee1e1794f565.jpg


प्रकाशित : शुक्रबार, जेठ १९ २०८०२३:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend