शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा रारा पुग्ने पर्यटकलाई सास्ती

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १९ २०८०
images
images
नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा रारा पुग्ने पर्यटकलाई सास्ती

कर्णाली राजमार्ग हुँदै नाग्म-गमगढी सडक भएर रारा ताल पुग्न सकिन्छ। यो सडक जुम्लाका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिका हुँदै रारा पुग्छ।

images
images

जुम्ला- आन्तरिक तथा बाह्य पर्यटनको रोजाइमा परेको मुगुस्थित रारा ताल जाने नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा पर्यटकलाई सास्ती भएको छ।

images
images
images

यो ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक रारा पुग्ने समय भएको तर नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा यात्रा असहज बनेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख विश्वबाबु श्रेष्ठले जानकारी दिए।

images
images

उक्त सडकखण्ड कालोपत्रेका लागि बजेट विनियोजित नभएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। केन्द्र सरकारले यही जेठ १५ मा ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सडकखण्ड प्रथामिकतामा परेको छैन।

images
images
images

यो सडक स्तरोन्नति नहुँदा सवारी दुर्घटना भइरहेको छ। वर्षौँदेखि स्थानीय र पर्यटकले समेत सास्ती पाउँदा पनि बजेटमा यसले प्राथमिकता नपाउँदा स्थानीय असन्तुष्ट बनेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

'आगामी आवको बजेटमा नाग्म-सिञ्जा-गमगढी सडकमा रकम बिनियोजन नहुनु दुःखको कुरा हो। जुम्ला र मुगुबाट प्रतिनिधित्व गर्नुहुने सांसदले यस विषयमा तत्काल अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै सशोधन प्रस्ताव दर्ता गर्नुपर्छ', उनले भने।

उनले संसदमा बोलेर मात्र नहुने भन्दै प्रभावकारी समन्वयको आवश्यकता रहेको बताए। 'यो बाटोमा प्रदेश सरकारले बजेट छुट्याउँदैन तर पनि रारा ताल जाने बाटो कालोपत्रे गर्न सरकारको ध्यान गएको छैन', उनले भने, 'पर्यटन प्रवर्द्धनमा लागेको सरकारले यसतर्फ ध्यान दिनु जरुरी छ।'

कर्णाली राजमार्ग हुँदै नाग्म-गमगढी सडक भएर रारा ताल पुग्न सकिन्छ। यो सडक जुम्लाका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिका हुँदै रारा पुग्छ। सडक खुलेको लामो समय भइसक्दा पनि कालोपत्रे नहुँदा हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुने गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ १९ २०८००७:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend