शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

फेरियो आर्थिक सर्वेक्षणको स्वरुप, एक्सेल फर्म्याटमा डेटा प्रकाशित गरिने 

images
शुक्रबार, जेठ १९ २०८०
images
images
फेरियो आर्थिक सर्वेक्षणको स्वरुप, एक्सेल फर्म्याटमा डेटा प्रकाशित गरिने 

यो वर्षको सर्वेक्षणमा अनुसूची पनि थपिएका छन्। करिब एक सय अनुसूची थपिएको  छ। 

images
images

काठमाडौं- अर्थ मन्त्रालयले बर्सेनि प्रकाशित गर्ने आर्थिक सर्वेक्षणमा केही परिवर्तन गरेको छ। कन्टेन्टदेखि शीर्षकसम्म सर्वेक्षण प्रतिवेदनमा बदलाब देखिएको हो।

images
images
images

चालु आर्थिक वर्षको ८ महिनासम्मको तथ्यांक तथा गत वर्षहरूको वार्षिक विवरण र विश्लेषणसहित आउने सर्वेक्षणमा समेटिएका विषयवस्तु र केही तथ्यांकीय शैलीमा पनि परिवर्तन गरिएको छ। 

images
images

यसअघि आठ महिनाको तथ्यांमात्र समेटिँदै आएकोमा यो वर्षको सर्वेक्षणमा अनुपातिक आँकडा पनि प्रस्तुत गरिएको छ। क्षेत्रगत अनुपातिक आँकडाको सूचक तयार पारि र्‍यांकिङसमेत निकालिएको सर्वेक्षण लेखनको समयमा अर्थ मन्त्रालयको नीति विश्लेषण महाशाखा प्रमुख रहेका ससहचिव सुमन दाहालले जानकारी दिए। 

images
images
images

‘योपालि हामीले खाली तथ्यांकमात्र नभएर अनुपातिक आँकडाको विश्लेषणसमेत गरेका छौँ’ दाहालले भने। 

नीति निर्माण तथा आगामी वर्षको बजेटका लागि समेत तथ्यपरक आधार निर्माण हुने खालका विषयवस्तुलाई यो पालि समावेश गरेर आर्थिक सर्वेक्षणलाई रुपान्तरण गरिएको उनको भनाइ छ। 

चालु आर्थिक वर्षको अर्थतन्त्रको विस्तृत विश्लेषणसँगै हरेक विषय तथा क्षेत्रको यस्तो अनुपातिक तुलनात्मक आँकडा समावेश गरिएको छ। 

मुख्य परिवर्तन भनेको मन्त्रालयगत तथा क्षेत्रगत आँकडाको विश्लेषणमा गरिएको छ। कुनै पनि मन्त्रालयको विश्लेषण गर्दा वा क्षेत्रको गर्दा त्यसमा रहेका विभिन्न कार्यक्रमको समीक्षा गरिएको छ। ‘जस्तो हामीले कृषिमा प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाको समीक्षा राखेका छौं, मत्स्य क्षेत्रको पनि यस्तै छ। लगभग हरेक क्षेत्रको विश्लेषणमा मञ्जुषा बक्स राखेका छौं’ दाहालले भने। 

तथ्यांककोमात्र विश्लेषण नभएर आयोजना तथा कार्यक्रम, नीति तथा रणनीतिको समीक्षा गरिएको छ। यसले कुनै पनि नीतिको सुरुवात, विकासक्रमको विश्लेषण गरिएको छ। 

प्रादेशिक आँकडाको पनि अनुपातिक तुलनात्मक आँकडा यही वर्षदेखि राखिएको दाहालले जानकारी दिए। 

यो वर्षको सर्वेक्षणमा जनसांख्यिक लाभको छुट्टै विश्लेषण गरिएको छ। छुट्टै अध्याय राखेर जनसांख्यिक लाभका विभिन्न पक्षबाट विश्लेषण गरिएको अर्थ मन्त्रालयका अर्थशास्त्री कृष्णप्रसाद शर्माले जानकारी दिए। 

त्यस्तै यही वर्षदेखि आर्थिक सर्वेक्षणका तथ्यांकलाई एक्सेल फर्म्याटमा प्रकाशन गरिने भएको छ। तथ्यांकको वितरण तथा पहुँचलाई सहज बनाउनका लागि यस्तो निर्णय भइसकेको शर्माले जानकारी दिए। 

‘तथ्यांकको खोजी गर्नेहरूलाई सहज पहुँच हुने तथा सरकारलाई समेत सहज हुने, तथ्यांकीय त्रुटीको सहज फिडब्याक लिन सकिने भएकाले पनि एक्सेल फर्म्याटमा राखिने छ’ उनले भने। 

यो वर्षको सर्वेक्षणमा अनुसूची पनि थपिएका छन्। करिब एक सय अनुसूची थपिएको  छ। 


प्रकाशित : शुक्रबार, जेठ १९ २०८००६:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend