शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

ठेक्का तोड्ने चेतावनीपछि सम्पर्कमा आए ठेकेदार

images
बिहीबार , जेठ १८ २०८०
images
images
ठेक्का तोड्ने चेतावनीपछि सम्पर्कमा आए ठेकेदार

ठेक्का सम्झौता भएर काम नहुँदा घाम लाग्दो धुलो र पानी पर्दा हिलोले सर्वसाधारण मर्कामा छन्।

images
images

दमौली- तनहुँको भानु नगरपालिकामा तीन वटा सडक कालोपत्रको ठेक्का पाएका ठेकेदार चेतावनीपछि सम्पर्कमा आएका छन्। सडकको ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार नगरपालिकाको सम्पर्कमा आएका हुन्।

images
images
images

नगरपालिकाले काश्यप निर्माण सेवालाई कालोसूचीमा राख्ने र ठेक्का तोड्ने चेतावनी दिएको थियो। उक्त चेतावनीको ६ घण्टाभित्रै निर्माण कम्पनीका सञ्चालक माधव घिमिरे नगरपालिकाको सम्पर्कमा आएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए। उक्त कम्पनीले नगरपालिकाअन्तर्गतका तीन सडक कालोपत्रको ठेक्का पाएको छ। 

images
images

ठेक्का सम्झौता भएर काम नभएपछि बाध्य भएर पत्र काट्नुपरेको पौडेलले बताए। 'ठेक्का लिएर लामो समयसम्म काम नगर्ने, ठेक्का ओगटेर बस्ने प्रवृत्तिका विरुद्ध नगरपालिका कडाइका साथ लाग्छ, सम्झौता योजनालाई समयमै सम्पन्न गराउनेतर्फ नगरपालिका प्रतिबद्ध छ', उनले भने।

images
images
images

उक्त निर्माण कम्पनीले नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको भानु जन्मस्थल मोटरमार्ग, कालीमाटी-मानेचौका-कुञ्छा मोटरमार्ग र रातमाटा-राइपाली-भञ्ज्याङ मोटरमार्गको कालोपत्रको ठेक्का पाएको छ। गत वर्ष नै काम सम्पन्न गर्ने गरी सम्झौता भए पनि लापरबाहीका कारण काम हुन सकेको छैन।

कम्पनीका सञ्चालक माधव घिमिरेले कम्पनीमा धेरै ठेक्का भएकाले आवश्यक जनशक्तिको अभाव र अन्य व्यवस्थापकीय समस्याले गर्दा काममा ढिलासुस्ती भएको बताए। उनले आगामी मंगलबारबाट काम सुरु गरी चालु असार मसान्तसम्ममा काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।

नगरपालिकाले उक्त कम्पनीसँग भानु जन्मस्थल मोटरमार्गको एक करोड ७७ लाख ४७ हजार नौ सय ७३, कालिमाटी-मानेचौका-कुञ्छा मोटरमार्गको एक करोड १७ लाख ५५ हजार दुई सय ५७ र र रातामाटा-राईपाली-भञ्ज्याङ मोटरमार्गको एक करोड ८३ लाख १५ हजार तीन सय दुई रूपैयाँमा सम्झौता गरेको थियो।

समयमै काम सम्पन्न गर्नु निर्माण कम्पनीको दायित्व भएको र मौखिकरुपमा पटकपटक अनुरोध गर्दा अटेर गरिएपछि बाध्य भएर पत्र काट्नुपरेको नगर उपप्रमुख उमा गोतामेले बताइन्।

ठेक्का सम्झौता भएर काम नहुँदा घाम लाग्दो धुलो र पानी पर्दा हिलोले सर्वसाधारण मर्कामा छन्। नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले विकास योजनामा लापरबाही हुन नदिन नगरपालिकाका प्रतिबद्ध रहेको बताए। रासस 


प्रकाशित : बिहीबार , जेठ १८ २०८००९:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend