शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

एकताबुद्ध सहकारीको करोडौँ रकम हिनामिना गर्ने ६ जना पक्राउ

images
बिहीबार , जेठ १८ २०८०
images
images
एकताबुद्ध सहकारीको  करोडौँ रकम हिनामिना गर्ने ६ जना पक्राउ

पक्राउ परेका सबैलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।

images
images

काठमाडौं- नेपाल प्रहरीले सहकारीको रकम हिनामिना गर्ने ६ जनालाई पक्राउ गरेको छ।

images
images
images

बूढानीलकण्ठ नगरपालिका-९ स्थित एकताबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठ करोड १८ लाख ८९ हजार सात सय ९५ रूपैयाँ हिनामिना गर्ने ६ जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो।

images
images

पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका-९ बस्ने ७२ वर्षीय भानुकुमार शर्मा, ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीरबहादुर तामाङ, ३४ वर्षीय शम्भु कार्की र गोरखा पालुङटार नगरपालिका-७ का ५८ वर्षीय रामकुमार श्रेष्ठ रहेका ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।

images
images
images

उनले उक्त संस्थाका बचत कर्ताबाट मुद्दती तथा बचत खातामा करोडौँ रुपैयाँ निक्षेप संकलन गरी संस्थाका सञ्चालकले व्यक्तिगत लाभका लागि प्रयोग गरेको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिए।

'उनीहरुले सहकारी ऐन, २०७४ विपरीतका काम गरी संस्थालाई धराशायी बनाइ बचतकर्ताको फिर्ता गर्नुपर्ने रकम तोकिएको मितिभित्र भुक्तानी नगरेको उजुरीका आधारमा पक्राउ गरिएको हो', ब्यूरोका प्रवक्ता थापाले भने।

पक्राउ परेका सबैलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए। रासस


प्रकाशित : बिहीबार , जेठ १८ २०८००८:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend