शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

चितवनको तीन हजार दुई सय बिघा जग्गामा पुग्यो सिँचाइ

images
बिहीबार , जेठ १८ २०८०
images
images
चितवनको तीन हजार दुई सय बिघा जग्गामा पुग्यो सिँचाइ

चितवनमा तीन सय ६० स्थानमा स्यालो ट्युबेल र ५२ वटा डिप ट्युबेल स्थापना गरी सञ्चालनमा ल्याइएको छ।

images
images

चितवन- चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले जिल्लाका तीन हजार दुई सय ६० बिघा क्षेत्रफलमा सिँचाइ पुर्‍याएको छ। जिल्लामा सिँचाइ अभावका कारण बाँझो रहेका जमिनलाई लक्षित गर्दै सिँचाइका कार्यक्रम लागु भएको तीन वर्ष पूरा हुन लाग्दा सो क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको हो।

images
images
images

आर्थिक वर्ष २०७७/७८ मा स्थापना भएको यस आयोजनाले पाँच वर्षसम्म काम गर्ने छ। चितवन र मकवानपुर क्षेत्रमा गरी यस कार्यालयले हालसम्म तीन हजार छ सय १० बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको कार्यालयका संयोजक देवकुमार स्याङ्वोले जानकारी दिए। चितवनको छवटा पालिका र मकवानपुरका तीन पालिकामा अहिले कार्यक्रम लागु भइरहेको छ। यस क्रममा चितवनमा तीन सय ६० स्थानमा स्यालो ट्युबेल र ५२ वटा डिप ट्युबेल स्थापना गरी सञ्चालनमा ल्याइएको उनले बताए। मकवानपुरमा १० वटा डिप ट्युबेल सञ्चालनमा ल्याइएको छ।

images
images

आयोजना १० हजार पाँच सय हेक्टर क्षेत्रफल सिँचाइ गर्ने योजनाका साथ स्थापना भएको हो। तीन वर्षमा गरेको प्रगति र बजेटको अवस्था हेरेर कार्यक्रम सञ्चालन गर्दै आएको स्याङ्वोले बताए। अहिलेसम्म ६० करोड रूपैयाँ बराबरको काम भएको उनले जानकारी दिए। अहिले आयोजनाले बाह्र महिना नै सिँचाइको व्यवस्था हुने गरी सुक्खा क्षेत्रमा काम गर्दै आएको छ।

images
images
images

'सिँचाइ अभावका कारण खेती गर्नबाट बञ्चित कृषकलाई लाभ हुने गरी काम गरिरहेका छौँ', स्याङ्वोले भने।

आयोजनाले विशेषगरी भरतपुर महानगरपालिकाका क्षेत्रमा काम गरेको छ। यस आर्थिक वर्षबाट आयोजनाले बर्दघाट-सुस्तापूर्व नवपलपरासीसमेत समेट्ने गरी काम गर्न लागेको छ। विसं २०८१/८२ सम्मका लागि यस आयोजनामा चार अर्ब ६४ करोड रूपैयाँ बजेट स्वीकृत भएको थियो। रासस


प्रकाशित : बिहीबार , जेठ १८ २०८००५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend