शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

कुखुराको दाना गुणस्तरसम्बन्धी नयाँ मापदण्ड जारी, उत्पादन र उपभोग्य मितिसहित १० विषय स्पष्ट खुलाउनुपर्ने

images
बिहीबार , जेठ १८ २०८०
images
images
कुखुराको दाना गुणस्तरसम्बन्धी नयाँ मापदण्ड जारी, उत्पादन र उपभोग्य मितिसहित १० विषय स्पष्ट खुलाउनुपर्ने

कुखुराको दानामा जलांशको मात्रा बढीमा ११ प्रतिशत हुन पर्ने र नुनको मात्रा बढीमा ०.५ प्रतिशत भन्दा बढी हुन नहुने उल्लेख गरिएको छ।

images
images

काठमाडौं- सरकारले कुखुराको दानाको गुणस्तर तथा मात्रासम्बन्धी नयाँ मापदण्ड जारी गरेको छ। सरकारले दाना पदार्थ ऐन, २०३३ को दफा १० को अधिकार प्रयोग गरी मापदण्ड जारी गरेको हो।

images
images
images

मापदण्डमा कुखुराको लागि उत्पादन तथा प्याकेजिङ गरिएको सबै प्रकारको दानाको सम्बन्धमा जारी भएको गुणस्तर लागु हुने उल्लेख छ। कुखुराको दाना पेलेट्स, क्रम्स वा धुलो जस्ता स्वरुपमा हुने सक्ने गुणस्तर मापदण्डमा उल्लेख छ।

images
images

कुखुराको दानामा जलांशको मात्रा बढीमा ११ प्रतिशत हुन पर्ने र नुनको मात्रा बढीमा ०.५ प्रतिशत भन्दा बढी हुन नहुने उल्लेख गरिएको छ।

images
images
images

के को मात्रा कति हुने?

kukura .jpg
kukura a.jpg

हानिकारक तत्त्वको मात्रा कति हुने?

गुणस्तरमा हानिकारक तत्त्वको मात्रा कति सम्म हुने विषय पनि उल्लेख गरिएको छ। ‍जसमा आर्सेनिक,  प्रतिकेजी  २ मिलिग्राम मात्रै हुने पर्ने उल्लेख छ। 

khukura c.jpg

प्याकेजिङग र लेबलिङसम्बन्धी व्यवस्था

गुणस्तर मापदण्डमा कुखुराको दानालाई सफा र सुख्खा, नचुहिने, नफुटेको प्लास्टिकको बोरा वा सादा वा पोलिथिन राखिएको जुटको बोरा वा लेमिनेटेडे कागजको बोरामा बन्द गरी प्याकेजिङग गर्नु पर्ने उल्लेख छ। 

प्याकेजिङ्ग गर्दा दानाको पहिचना खुल्ने नाम र ब्रान्डको नाम, दानाको प्रकार, उत्पादकको नाम र ठेगाना, खुद तौल (केजी) र अधिकतम खुद्रा मुल्य उल्लेख हुने पर्ने गुणस्तर मापदण्डमा उल्लेख छ।

यसैगरी, ब्याच नम्बर, उत्पादन मिति र उपभोग्य मिति, टक्सिन बाइन्डर, मोल्ड इन्हिविटर र एसिडीफाएर सम्मिश्रणको रुपमा प्रयोग भएमा सो उल्लेख गर्नु पर्ने, सम्मिश्रण र फिड सप्लिमेन्ट तथा योगशीलको नाम, भण्डारण विधि र दानाको अनुज्ञापत्र नम्बर समेत उल्लेख हुन पर्ने गुणस्तर मापदण्डमा उल्लेख  भएको छ।

यो गुणस्तर लागु भएको १८० दिन पछि लागु हुने र लागु भएसँगै २०६४ पुस १६ गते जारी भएको गुणस्तर मापदण्ड खारेज  हुने छ।


प्रकाशित : बिहीबार , जेठ १८ २०८००४:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend