शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

कर्णालीका स्थानीय तहलाई २७ अर्ब बजेट, कुन जिल्लामा कति?

images
बुधबार, जेठ १७ २०८०
images
images
कर्णालीका स्थानीय तहलाई २७ अर्ब बजेट, कुन जिल्लामा कति?

संघीय सरकारले समानीकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान र समपुरक अनुदान शीर्षकमा बजेट दिएको हो।

images
images

सुर्खेत- संघीय सरकारबाट कर्णालीका स्थानीय तहले झन्डै २७ अर्ब बजेट पाएका छन्।

images
images
images

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि संघीय सरकारले प्रस्तुत गरेको बजेटमा कर्णालीका ७९ वटा स्थानीय तहलाई कुल २६ अर्ब ९७ करोड ९३ लाख बजेट विनियोजन गरिएको छ।

images
images

जिल्लागत रुपमा हेर्दा सुर्खेतका स्थानीय तहले सबैभन्दा बढी बजेट पाएका छन्। सुर्खेतका ९ स्थानीय तहका लागि चार अर्ब ८८ करोड ३२ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ। मुगुका कुल चार स्थानीय तहलाई एक अर्ब ३९ करोड ६६ लाख रूपैयाँ बजेट छुट्याइएको छ।

images
images
images

संघीय सरकारबाट दैलेखका ११ स्थानीय तहलाई तीन अर्ब ७१ करोड ४८ लाख, जाजरकोटका सात स्थानीय तहलाई दुई अर्ब ६५ करोड ६५ लाख, कालिकोटका नौ स्थानीय तहलाई दुई अर्ब ७५ करोड १३ लाख र हुम्लाका सात स्थानीय तहलाई एक अर्ब ७१ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ।

साथै जुम्लाका आठ स्थानीय तहलाई दुई अर्ब ३७ करोड २२ लाख, डोल्पाका आठ स्थानीय तहलाई एक अर्ब ८४ करोड ७१ लाख, सल्यानका १० स्थानीय तहलाई तीन अर्ब ४१ करोड ९३ लाख र रुकुमपश्चिमका छ स्थानीय तहलाई दुई अर्ब २२ करोड ६३ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।

संघीय सरकारले समानीकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान र समपुरक अनुदान शीर्षकमा बजेट दिएको हो। रासस


प्रकाशित : बुधबार, जेठ १७ २०८०१०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend