काठमाडौं- भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल सरुवा भएका छन्।
अर्थ मन्त्रालयले विभागको महानिर्देशकमा पौडेललाई पठाएको हो। पौडेल अर्थको राजस्व प्रशासनमा काम गरिसकेका हुन्।
यसअघि आन्तरिक राजस्व विभागको महानिर्देशक समेत भइसकेका पौडेललाई प्रकाशशरण महतले भन्सार विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन्।