शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

महँगा विद्युतीय गाडीमा कर घटाउनु गलत हो : पूर्वअर्थमन्त्री खतिवडा 

images
बुधबार, जेठ १७ २०८०
images
images
महँगा विद्युतीय गाडीमा कर घटाउनु गलत हो : पूर्वअर्थमन्त्री खतिवडा 

५० देखि १०० किलोवाटसम्मका विद्युतीय सवारीमा ५ प्रतिशत भन्सार बढाएर १५ प्रतिशत पुर्‍याइएको छ।  यसमा यसअघि अन्त:शुल्क लगाइएको थिएन। अहिले १० प्रतिशत अन्त:शुल्क लगाइएको छ।

images
images

काठमाडौं- पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले विद्युतीय सवारीसाधनमा कर लगाउँदा संगति नमिलेको बताएका छन्। 

images
images
images

नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा बोल्दै खतिवडाले अर्थमन्त्री डा  प्रकाशशरण महतले विद्युतीय सवारीमा कर बढाएर ठिक गरे पनि महँगा कारमा घटाएकोमा शंकास्पद रहेको बताए। 

images
images

‘विद्युतीय सवारीमा अनन्तकालसम्म छुट दिन सकिँदैन। बिस्तारै सबैतिर बढ्नुपर्छ। बढेको ठिक तर महँगा कारमा घट्नु चाहिँ स्वभाविक छैन’, खतिवडाले भने। 

images
images
images

खतिवडा अर्थमन्त्री हुँदा विद्युतीय गाडीमा व्यापाक कर वृद्धि गरेका थिए। खतिवडाले बढाएको कर पछि परिमार्जन भएको थियो। विद्युतीय कारमा कर बढाउनुपर्ने मान्यताकै भए पनि डा प्रकाशशरण महतले महँगा कारमा कर घटाएका छन्। 

आर्थिक ऐनमार्फत ५० किलोवाटसम्मको मोटर क्षमता भएका सवारीमा १० प्रतिशत भन्सार लगाइएको छ। यसमा अन्त:शुल्क लगाइएको छैन। यसअघिको आर्थिक ऐनमा यो ब्रेकडाउन थिएन। 

यसैगरी ५० देखि १०० किलोवाटसम्मका विद्युतीय सवारीमा ५ प्रतिशत भन्सार बढाएर १५ प्रतिशत पुर्‍याइएको छ। यसमा यसअघि अन्त:शुल्क लगाइएको थिएन। अहिले १० प्रतिशत अन्त:शुल्क लगाइएको छ।

एकसय किलोवाटदेखि दुईसय किलोवाटसम्म विद्युतीय मोटर जडित कारमा यसअघि ३० प्रतिशत रहेको भन्सार दरलाई घटाएर २० प्रतिशत कायम गरिएको छ। त्यस्तै सोही मोटर क्षमता भएको विद्युतीय कारमा ३० प्रतिशत नै रहेको अन्त:शुल्क २० प्रतिशतमा सीमित गरिएको छ। 

२ सयदेखि ३ सय किलोवाटसम्म मोटर क्षमता भएको विद्युतीय सवारीमा भन्सार ४५ बाट घटाएर ४० प्रतिशत कायम गरिएको छ। यसमा अन्त:शुल्क ४५ प्रतिशत नै यथावत राखिएको छ। ३ सय किलोवाटभन्दा माथिका विद्युतीय सवारीमा भन्सार र अन्त:शुल्क दुवै ६० प्रतिशत नै यथावत् राखिएको छ। 


प्रकाशित : बुधबार, जेठ १७ २०८००८:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend