शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

बिक्री हुन छाडे माटाका भाँडा, धमाधम व्यवसाय छाड्दै व्यवसायी

images
बुधबार, जेठ १७ २०८०
images
images
बिक्री हुन छाडे माटाका भाँडा,  धमाधम व्यवसाय छाड्दै व्यवसायी

माटोका भाँडा बिक्री नहुँदा यो पेसा नै छाडेर अर्को व्यवसाय रोज्न थालेका छन्।

images
images

बागलुङ- बागलुङको निसीखोला गाउँपालिकाका शिरबहादुर सुनार १५ वर्षभन्दा बढी समय माटाको भाँडा व्यवसाय गरे। पछिल्लो समय आयातित धातुका भाँडाले माटाका सामग्री विस्थापित हुँदै गएपछि उनले यो व्यवसाय नै छाडे।

images
images
images

'अहिले त जताततै प्लास्टिक, स्टिल, सिल्टीका भाँडा पाइन्छ, उतिबेला माटोका बाहेक अरु भाँडा कम पाइन्थे, त्यही भएर पनि व्यापार राम्रो हुन्थ्यो, तर अहिले बिक्री हुनै छोड्यो', उनले भने।

images
images

बजारबाट विभिन्न भाँडावर्तन खरिद गर्ने र गाउँ-गाउँमा पुगरे व्यापार गर्ने उनी अहिले घरधन्दामै व्यस्त छन्।

images
images
images

एक दशक अगाडिसम्म बागलुङका बजार र ग्रामीण क्षेत्रमा माटाका भाँडा प्रशस्त पाइने भए पनि अहिले निकै कम भएको उनको भनाइ छ। यही व्यवसायबाट आफ्नो छोराछोरी पढाउने र परिवार चलाउने गरे पनि माटाका भाँडाको माग निकै कम हुने र व्यापार हुन छोडेपछि व्यवसायबाट अलग्गिनु परेको उनले बताए। 

काठमाडौं, भक्तपुर र चितवनदेखि खरिद गरेर भाँडा बिक्री गर्ने उनले व्यापार नभएपछि लाखौँको नोक्सान व्यहोर्नुपरेको दुखेसो पोखे। 'पहिले गाउँमा रक्सी पार्ने हाँडी, घैँटो र पैसा जम्मा गर्ने खुत्रुकेको माग निकै आउने गर्थ्यो, एकै पटकमा दुई/तीन लाखको सामान खरिद गरेर बेच्ने गर्थे, सुरुको १० वर्ष राम्रो व्यापार भयो,' उनले भने, 'घर बारी जोडे तर पछिल्लो पाँच वर्ष व्यापार निकै कम भयो, खरिद गरेको पैसा पनि नउठेपछि व्यापार गर्न छोडे, अहिले छोराछोरी हुर्किए, उनीहरुले आफ्नो धन्दा गर्न छन्, म बुढो घरको काम गरेर बस्छु, माटोका भाँडा अहिले हराउँदै गए, प्रयोग पनि हुन छोडे।'

सुनारले बाहिरबाट आउने धातु र प्लास्टिकका भाँडामा राज्यले रोक लगाउन सके मात्रै माटाका भाँडाको प्रयोग बढ्ने बताए। आफ्ना बाउबाजेका पालमा धातुका सामान निकै कम पाइने हुँदा माटाकै भाँडा बढी प्रयोग हुने गरेको उनको भनाइ छ। बागलुङ नगरपालिका-२ का टीकाबहादुर बोसेलले २५ वर्ष माटाका भाँडा बेच्ने काम गरे। अहिले यो व्यवसाय उनकी छोरी ३६ वर्षीया सुमित्रा बोसेलले सञ्चालन गरेका छन्। बीऔँ वर्ष व्यवसाय गर्दा टीकाबहादुरले राम्रो आम्दानी गर्थे। तर अहिले सुमित्राले निकै कम भएको सुनाए।

पाँच वर्षदेखि माटाको भाँडा व्यवसाय सञ्चालन गरेका बोसेलले मासिक १०/१२ हजार आम्दानी गर्न पनि गाह्रो हुने गरेको उनले गुनासो गरे। सुमित्राले साँघुरो पसलमा हाँडी, घैटो, गमला, खुत्रुकेलगायत विभिन्न थरीका माटोका सामान राखेका छन्। ती भाँडासँगै प्लास्टिकका गमला, बाल्टी, खुत्रुकेलगायतका सामान पनि छेउमै छन्। माटाको भाँडा बिक्री नभएपछि प्लास्टिकका भाँडा पनि राखेको उनले सुनाए। माटाको भाँडा बकेचेर दिनभरिमा पाँच सय रूपैयाँको कमाइ गर्न पनि नसकिने बताउँछन्। अहिले भाँडा बेचेर परिवार चलाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ।

'दश वर्ष अगाडिसम्म राम्रो व्यापार हुन्थ्यो, बाबाआमाले व्यवसाय गर्ने बेला महिनामै ४० हजारभन्दा बढी आम्दानी गर्नुहुन्थ्यो, अहिले त्यो अवस्था छैन, कहिलेकाहीँ दियो बिक्री हुन्छ ', उनले भने, 'अहिले त तामा, तिपल, फलाम र रबरका धेरै किसिमका भाँडा आए, त्यसले गर्दा माटाका भाँडा व्यापार ठप्पजस्तै भएका छन्।' रासस


प्रकाशित : बुधबार, जेठ १७ २०८००७:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend