शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

नारायणगढ-मुग्लिन सडकखण्डका तीन पुल जेठमै सञ्चालनमा आउने

images
बुधबार, जेठ १७ २०८०
images
images
नारायणगढ-मुग्लिन सडकखण्डका तीन पुल जेठमै सञ्चालनमा आउने

नारायणगढ-मुग्लिन सडकखण्डमा रहेका १९ पुलमध्ये हाल १५ पुल निर्माणका क्रममा रहेका छन्।

images
images

चितवन- नारायणगढ-मुग्लिन सडकखण्डमा निर्माणाधीन तीन नयाँ पुल यसै महिनाबाट सञ्चालनमा आउने भएका छन्। सो सडक खण्डमा रहेका १९ पुलमध्ये हाल १५ पुल निर्माणका क्रममा रहेका छन्।

images
images
images

नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का आयोजना प्रमुख किरण कार्कीका अनुसार सेतीदोभान, डुम्रे र बालुवा पुल यसै महिनाबाट सञ्चालनमा आउने गरी काम भइरहेको छ।

images
images

सेतीदोभानको पुलमा रंग लगाउन र बाह्य भागमा रेलिङ् राख्न बाँकी छ। डुम्रे र बालुवा पुलको सबै भागमा रेलिङ, कालोपत्र र रङ्ग लगाउन बाँकी रहेको छ। कार्कीले भने, 'सबै काम सकेर जेठ मसान्तभित्रमा तीनवटै पुल सञ्चालन गर्ने योजना रहेको छ।'

images
images
images

अन्य चार पुललाई असार मसान्तसम्म सम्पन्न गर्ने गरी काम भइरहेको छ। पुल बनाउने ठाउँको पहाड विस्फोट गर्नुपर्ने भएकाले तुइन खोलाको पुलको काम सुरु भएको छैन। मुआब्जा वितरण गरेर खहरे खोलाको पुलको काम सुरु भएको छ। कार्कीका अनुसार तुइन खोलाको पुलबाहेक अन्य बाँकी रहेका पुल कात्तिक मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

तुइन खोलाको पुल निर्माण गर्ने ठाउँको ढिस्को विस्फोटको प्रक्रियामा रहेको छ। यो पुलको भने टुङ्गो लाग्न सकेको छैन। कार्कीका अनुसार पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनलाई थप गरेको एक वर्षको समय यही २०८० सालको पुस मसान्तसम्ममा सकिँदै छ। विसं २०७६ को चैतमा एक अर्ब २७ करोड रूपैयाँको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो। तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो।

नक्सांकनसहित पुल निर्माणका लागि ठेक्का लगाइएको हो। निर्धारित समयमा काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो। विश्व बैंकको सहयोगमा पुल निर्माण गरिएको हो। पुलको गाडी गुड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो छ। दायाँबायाँ फुटपाथसहित गरेर नौदेखि ११ मिटर पुल फराकिलो रहेको छ।

केही पुल भौगोलिक कारणले नौ मिटरमात्र फराकिलो बनाइएको छ भने धेरै पुल ११ मिटरका छन्। पुल निर्माण गरिने ठाउँमा २६ टहरा रहेका छन्। ती टहरालाई मुआब्जा दिएर व्यवस्थापन गर्ने काम भइरहेको छ। सबै घरटहरा व्यवस्थापन गर्दा रु ९७ लाख भुक्तानी गर्नुपर्ने हुन्छ। हालसम्म १६ घरटहराको मुआब्जा दिएर हटाइसकिएको छ। 

सो सडक खण्डका चार पुल यसअघि नै निर्माण गरी सञ्चालनमा आएका छन्। सडक खण्ड विस्तार गरेसँगै पुराना पुल भएका ठाउँमा नयाँ पुल निर्माण सुरु गरिएको हो। यसै सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी आवागमन हुने गर्छन्। रासस 


प्रकाशित : बुधबार, जेठ १७ २०८००६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend