शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

काठेखोला लिफ्टिङ खानेपानी आयोजनाको परीक्षण सुरू

images
बुधबार, जेठ १७ २०८०
images
images
काठेखोला लिफ्टिङ खानेपानी आयोजनाको परीक्षण सुरू

लामो समयदेखि अलपत्र आयोजनाको काम अन्तिम चरणमा पुगेको हो।

images
images

बलेवा- लामो समयको प्रतीक्षापछि काठेखोलाको पानी बागलुङ बजारमा वितरण गर्ने गरी सञ्चालनमा रहेको योजना ‘बागलुङ नगर सहलगानी (लिफ्टिङ खानेपानी) आयोजनाको परीक्षण सुरु भएको छ।

images
images
images

गत आइतबारदेखि निर्माण व्यवसायीले काठेखोलाको पानी शुद्धीकरणस्थल र शुद्धीकरणस्थलबाट वितरण ट्यांकीसम्म पानी तानेर परीक्षण सुरु गरेको हो। आयोजना निर्माण गरिरहेको कम्पनी कन्काई जयमाता जेभीका इन्जिनियर विक्रम अधिकारीका अनुसार लिफ्टिङमा आउनसक्ने समस्या, वितरण ट्यांकीसम्मको पाइपलाइन, पानी शुद्धीकरणस्थल र अन्य प्राविधिक विषयहरुको परीक्षण थालिएको छ।

images
images

परीक्षण सफल भएमा आगामी एक महिनाभित्र आयोजना हस्तान्तरण गर्नेगरी निर्माण कम्पनीले तयारी गरिरहेको छ। आयोजनाको अनुगमन तथा सुपरीवेक्षण गरिरहेको संघीय खानेपानी आयोजना बेनी म्याग्दी र बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको प्रत्यक्ष निगरानीमा परीक्षण थालिएको अधिकारीले बताए।

images
images
images

परियोजनाको बागलुङ नगरपालिका-३ काठेखोला किनारदेखि पानी प्रशोधन केन्द्र रहेको कैलामपोखरीसम्म र कैलामपोखरीदेखि वितरण ट्यांकीसम्म छुट्टाछुट्टै परीक्षण भइरहेको छ। आयोजनाको परीक्षण सुरु भएसँगै बागलुङ बजारमा शुद्ध खानेपानी आउने छिट्टै वितरण सुरु गर्ने तयारी रहेको संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए।

लामो समयदेखि अलपत्र आयोजनाको काम अन्तिम चरणमा पुगेको हो। यसअघि निर्माण व्यवसायीले पुस मसान्तसम्म खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य लिए पनि अझै आयोजना सम्पन्न हुन नसकेको हो। दुई वर्षमा आयोजना सक्नेगरी २०७५ साल असार ३१ गते कन्काई जयमाता जेबीले निर्माणको जिम्मा लिएको थियो।

निर्माण कम्पनीको ढिलासुस्तीले तीन पटक म्याद थपेर योजना निर्माण सम्पन्नको चरणमा पुगेको हो। लिफ्ट आयोजनाले बागलुङ बजारमुनि रहेको काठेखोलाको पानी लिफ्टिङमार्फत रातमाटामा तानेर शुद्धीकरण गरेर वितरण गर्नेगरी काम भइरहेको हो।

३२ करोड २५ लाख रूपैयाँको लागतमा कन्काई जयमाता जेबीले ठेक्का सम्झौता गरी निर्माण थालेको थियो। कोरोना महामारी, आयोजना निर्माणस्थलको भौगोलिक बनावट कमजोर भएका कारण निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायीले बताउँदै आएका थिए। 

पानी लिफ्टिङ गर्न मोटर सञ्चालनका लागि ६ सय ३० केभिएको ट्रान्सफर्मर जडान भइसकेको छ। पानी जम्मा गर्नका लागि काठेखोला किनारमा पाँचवटा व्यवस्थित इनार तयार भएका छन्। पानी प्रशोधनका लागि नौवटा र वितरणका लागि दुईवटा ट्यांकी तयार भएका छन् भने खोला किनारका इनारदेखि वितरण ट्यांकीसम्म पाइपलाइनको पनि परीक्षण भइरहेकोे इन्जिनियर अधिकारीले बताए।

अहिले बजारमा मागको आधा मात्रै पानी बागलुङको काठेखोला गाउँपालिकास्थित रेश र लेखानी खोलाबाट ल्याइँदै आइएको छ। बागलुङ बजारमा खानेपानीको समस्या देखिँदै आएपछि बागलुङ जिल्लाकै ठूलो लिफ्ट आयोजना निर्माण थालिएको थियो। डिभिजन खानेपानी कार्यालय, बागलुङ नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको सहलगानीमा लिफ्ट आयोजना निर्माण थालिएको थियो।

सहलगानी आयोजना सुरु हुँदा नेपाल सरकारले सञ्चालन गरेको (लिफ्टिङ खानेपानी) सहलगानी आयोजना नेपालकै सबैभन्दा ठूलो आयोजनाका रुपमा रहेको यो आयोजना सम्पन्न भए बागलुङवासीलाई चोबिसै घन्टा पानी उपलब्ध हुन सक्छ। आयोजनामा नेपाल सरकारको ७० र उपभोक्तको ३० प्रतिशत लगानी भएको छ।

आयोजनाले काठेखोलाबाट प्रतिसेकेन्ड ७० लिटर पानी तान्ने योजना छ। प्रतिसेकेन्ड ४० देखि ५० लिटरसम्म पानीको माग रहेको बागलुङ बजारका झन्डै चार हजार धारामा यस आयोजनामार्फत चौबिसै घण्टा पानी खसाल्ने लक्ष्य रहेको संस्थाका प्रबन्धक हिमाल शर्माले बताए। रासस


प्रकाशित : बुधबार, जेठ १७ २०८००६:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend