शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

फ्रान्स र सर्भिया पठाउने नाममा ५२ लाख ठगी आरोपमा दुईजना पक्राउ

images
बुधबार, जेठ १७ २०८०
images
images
फ्रान्स र सर्भिया पठाउने नाममा ५२ लाख ठगी आरोपमा दुईजना पक्राउ

वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भनी चार जनाबाट ४० लाख असुलेको पाइएको छ।

images
images

काठमाडौं- फ्रान्स र सर्बिया पठाइदिने नाममा नागरिकको ५२ लाखभन्दा बढी रकम ठगी भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगी गर्ने दुई जनालाई पक्राउ गरिएको छ।

images
images
images

पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका-१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेशकुमार पाख्रिन र सर्लाहीको हरिवन नगरपालिका-५ घर भई हाल काठमाडौँ बस्ने निरोज बुढाथोकी रहेका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

images
images

पाख्रिनले वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भनी फूर्पा शेर्पासमेत चार जनाबाट ४० लाख असुलेको पाइएको छ। उनले जानका लागि प्रतिव्यक्ति १७ लाख लाग्ने र फ्रान्स पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लागेपछि त्यहाँबाट मासिक एक लाखभन्दा बढी तलब हुने प्रलोभनमा पारी पटकपटक गरी पीडितबाट ४० लाख लिएको खुलेको उनले बताए।

images
images
images

पैसा लिएपछि सम्पर्कविहीन भएका उनलाई वैदेशिक रोजगार विभागबाट खोजीका लागि पत्राचार भएअनुसार खोजतलास गर्नेक्रममा ललितपुरको पुल्चोकबाट आज पक्राउ गरिएको प्रहरीले जनाएको छ। उता सर्लाहीका बुढाथोकीले प्रमोद सिटौलासमेत चार जनालाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु, त्यसका लागि प्रतिव्यक्ति पाँच लाख ५० हजार लाग्ने भनी रकम उठाएको पाइएको छ। यसरी पीडितबाट उनले १२ लाख लिएर फरार भएका प्रहरीले जनाएको छ। उनलाई काठमाडौंको सिनामङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।


प्रकाशित : बुधबार, जेठ १७ २०८००४:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend