शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

बजेटमा चलचित्रकर्मीको असन्तुष्टि, भन्छन् - सधैँ उपेक्षा भयो, नयाँ सम्बोधन भएनन्

images
मंगलबार, जेठ १६ २०८०
images
images
बजेटमा चलचित्रकर्मीको असन्तुष्टि, भन्छन् - सधैँ उपेक्षा भयो, नयाँ सम्बोधन भएनन्
images
images

काठमाडौं- आगामी आर्थिक वर्षको बजेटमा चलचित्र क्षेत्रलाई उचित सम्बोधन नगरिएको भन्दै चलचित्रकर्मीले असन्तुष्टि व्यक्त गरेका छन्। नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले बजेटको छलफलमा समेत चलचित्र क्षेत्रलाई सहभागी नगराइएको गुनासो गरे।

images
images
images

'हामीले अहिलेको आवश्यकताबारे चलचित्र विकास बोर्डमार्फत सरकारलाई जानकारी गराएका थियौँ। तर, त्यसको केही सम्बोधन भएन। चलचित्र क्षेत्रको विकासका लागि सरकारले यस क्षेत्रमा लगानी गर्नाका साथै नीतिगत सुधारमा आवश्यक कदम चाल्नुको विकल्प छैन', अध्यक्ष पराजुलीले भने।

images
images

उनले चलचित्र क्षेत्रले देशको अर्थतन्त्रमा टेवा पुर्‍याउने भए पनि यो क्षेत्रलाई सधैँ उपेक्षा हुने गरेको गुनासो गरे। 

images
images
images

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बजेटले अन्य क्षेत्रलाई समेटेर प्रोत्साहन गरेको भए पनि चलचित्रकर्मी उत्साहित हुने कुनै कार्यक्रम नआएको बताए। 'हामीले बोर्डमार्फत आफ्नो क्षेत्रलाई सरकारले समेट्नुपर्ने बुँदाहरू बुझेका थियौँ। तर सदाझैँ केही नयाँ सम्बोधन भएनन्। अन्य क्षेत्रलाई झैँ चलचित्र क्षेत्रप्रति पनि सरकार गम्भीर हुनुपर्छ भन्ने हाम्रो माग छ', अध्यक्ष खड्काले भने।

चलचित्रकर्मी अशोक शर्माले दोलखा र काभ्रेमा स्टुडियो बनाउने विषय हरेक वर्षको बजेटमा आए पनि पर्याप्त बजेट नहुँदा कागजमै सीमित रहेको बताए। 'उद्योगका लागि निर्माण, प्रदर्शन र वितरण क्षेत्रमा कुनै पनि कुरा आएको छैन। चलचित्रकर्मीका लागि यो निराशाजनक बजेट भएको छ', निर्माता शर्माले भने।

सोमबार संघीय संसद्को बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा  चलचित्र पर्यटन प्रवर्द्धन र विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने उल्लेख छ।

सार्वजनिक-निजी साझेदारीमा दोलखा र काभ्रेको बनेपामा स्टुडियो (भित्र छायांकन गर्न मिल्ने) बनाउने घोषणा गर्दै चलचित्र पर्यटनको विकास गर्ने उद्देश्यले ती स्टुडियो निर्माण गर्न लागिएको सरकारको भनाइ छ। यसबाहेक सरकारले बौद्धिक सम्पत्तिको संरक्षण र विकास विस्तारका लागि कानून बनाउने समेत बजेटमा उल्लेख गरेको छ। रासस


प्रकाशित : मंगलबार, जेठ १६ २०८०१०:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend