शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

चालु आवमा २६५ पुल निर्माण

images
मंगलबार, जेठ १६ २०८०
images
images
चालु आवमा २६५ पुल निर्माण

चालु आवमा कुल दुई सय ८० पुल निर्माणको लक्ष्य लिइएकोमा हालसम्म दुई सय ६५ पुल बनिसकेको छ।

images
images

काठमाडौं- विगतका वर्षहरुमा विभिन्न कारणले लक्ष्यभन्दा कम सङ्ख्यामा पुल निर्माण भए पनि चालु आर्थिक वर्षमा लक्ष्यअनुसार नै पुल निर्माण सम्पन्न हुने देखिएको छ।

images
images
images

चालु आवमा कुल दुई सय ८० पुल निर्माणको लक्ष्य लिइएकोमा हालसम्म दुई सय ६५ पुल बनिसकेको र धेरै अन्तिम अवस्थामा रहेको विभागका महाशाखाका प्रमुख नरेशमान शाक्यले बताए।

images
images

कतिपय पुलहरु अन्तिम अवस्थामा रहेकाले तीनमा थप बजेट आएमा चालु आवमै सम्पन्न हुने उनले जानकारी दिए। उनले भने, 'काम भइसकेको भए पनि भुक्तानी हुन बाँकी रहेकाले प्रगति राम्रो हुने देखिएको छ।'

images
images
images

पुलका कतिपय भागको काम वर्षाको समयमा गर्न नमिल्ने हुँदा तत्काल रकम प्राप्त हुँदा मात्रै निर्माण सम्पन्न हुन सक्ने अवस्था रहेको महाशाखाले जनाएको छ। ‘स्लाब कास्टिङ’ वर्षा पहिले गर्नुपर्ने र वर्षामा गर्दा बगाउने सम्भावना रहने उनले बताए। उनले भने, 'फाउन्डेसनको काम वर्षा पहिले सुरु गर्न सकिँदैन।'

सरकारले चालु आवमा पुल निर्माणका लागि १० अर्ब ६३ करोड रूपैयाँ र पुलसम्बन्धी अध्ययनका लागि ६० करोड रूपैयाँ विनियोजन गरेको थियो। संघीयता कार्यान्वयनमा आइसकेपछि स्थानीय पुल निर्माणको जिम्मेवारी स्थानीय तहको हुने भए पनि अहिलेसम्म संघीय सरकारले पुल निर्माण गर्दै आएको छ। रासस


प्रकाशित : मंगलबार, जेठ १६ २०८००९:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend