काठमाडौं- कन्टेन्ट, परामर्श तथा सूचना प्रविधिकसम्बन्धी सेवा दिएबापत विदेशबाट हुने आम्दानीमा लाग्ने कर बढेको छ।
आयकर ऐनमा संशोधन गर्दै सरकारले कर बढाएको छ। आयकर ऐनको दफा ९५क को उपदफा ६ख, ग र घ मा रहेको व्यवस्था संशोधन गरिएको छ।
नेपालमा कुनै पनि व्यवसाय नभएको तर व्यक्तिगत रुपमा विदेशमा सेवा दिए बापत आउने विदेशी मुद्राको आम्दानीमा यस्तो कर अबदेखि ५ प्रतिशत लाग्ने भएको छ।
गत वर्षदेखि सरकारले यस्ता सेवाबाट हुने आम्दानीलाई करको दायरामा ल्याउनका लागि मनि ट्रान्सफरमा १ प्रतिशत कर लगाउने व्यवस्था गरेको थियो।
नेपालमा पछिल्लो समय सूचना प्रविधिसम्बन्धी सेवाबाट वैदेशिक आम्दानी गर्नेहरूको संख्या बढिरहेको छ।
युट्युब कन्टेन्ट क्रियटरहरूले गर्ने आम्दानीमा १ प्रतिशतबाट बढेर कर ५ प्रतिशत पुगेको छ।