काठमाडौ- सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत ६ वटा महानगरपालिकालाई विभिन्न अनुदान शीर्षकमा १० अर्ब ३१ करोड ९८ लाख रूपैयाँ बजेट पठाएको छ।
केन्द्र सरकारबाट चालु आवको बजेटभन्दा आगामी आवको बजेट धेरै जाने भएको छ।
केन्द्र सरकारले समानीकरण अनुदान शीर्षकमा २ अर्ब ६९ करोड २७ लाख, सर्शत अनुदान शीर्षकमा ७ अर्ब २९ करोड ११ लाख, विशेष अनुदान शीर्षकमा १७ करोड २५ लाख र समपूरक अनुदान शीर्षकमा १६ करोड ३५ लाख रूपैयाँ पठाएको हो।
कुन महानगरलाई कति बजेट?
विराटनगर महानगरपालिका : १ अर्ब १९ करोड २४ लाख
वीरगञ्ज महानगरपालिका : १ अर्ब ३३ करोड २१ लाख
भरतपुर महानगरपालिका : १ अर्ब ७५ करोड ०३ लाख
ललितपुर महानगरपालिका : १ अर्ब १३ करोड ८७ लाख
काठमाडौं महानगरपालिका : २ अर्ब १४ करोड ३१ लाख
पोखरा महानगरपालिका : २ अर्ब ७६ करोड ३२ लाख