काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लले आर्थिक वर्ष २०८०/८१ को बजेटमा आयको अनुमान अविश्वसनीय र व्ययको अनुमान इच्छाप्रेरित रहेको बताएका छन्।
'बजेट भनेको आय र व्ययको अनुमान हो। आयको अनुमान अविश्वसनीय छ। व्ययको अनुमान इच्छाप्रेरित छ' उनले भने, 'केही कुरा सकारात्मक छन्। त्यसैले हामीले शंकाको लाभ दिने र सुधारात्मक कुरा र फजुल खर्च घटाउनेमा हाम्रो समर्थन छ।'
बजेटको आकार अविश्वसनीय रहेको भन्दै उनले भने, 'पोहोर १७ सय ९४ को बजेट हावादारी भयो भन्दै पछि संशोधन गरियो। अहिले पनि हौसिएर ल्याएको बजेट कार्यान्वयन हुनसक्ने देखिँदैन। यसै पनि हाम्रो साधन स्रोतमा ठूलो चाप हुनेछ।'
विदेशी ऋणका कुराहरू पूरा नहुनेगरी महत्वाकांक्षी भएको भन्दै उनले पुरानै नियति दोहोरिने अवस्था देखिएको बताए। अब अर्थमन्त्रीको परीक्षण दुई महिनाभित्रै भइसक्नेसमेत उनले प्रतिक्रिया दिए।