काठमाडौं- सरकारले चिनीको भन्सार महसुल घटाएको छ। ४० प्रतिशत रहेको चीनीको भन्सार महसुल घटाएर ३० प्रतिशतमा सीमित पारिएको छ।
त्यस्तै आर्थिक विधेयकमा सुकमेल लगायतका मसलाजन्य वस्तुको भन्सार महसुल दर बढाइएको छ। सुकमेलको भन्सार महसुल दर १० प्रतिशतबाट २० बनाइएको छ। त्यस्तै अन्य मसलाजन्य वस्तुको भन्सार महसुल पनि बढेको छ।