शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

वित्तीय सन्तुलन र नीतिगत सुधारसहितको बजेट : रामेश्वर खनाल 

images
सोमबार, जेठ १५ २०८०
images
images
वित्तीय सन्तुलन र नीतिगत सुधारसहितको बजेट : रामेश्वर खनाल 

बजेटको बिडम्बना भनेको निर्वाचन क्षेत्र केन्द्रित बजेट विनियोजन हो। योबाहेक अरु खर्चका प्रस्ताव अस्वभाविक छैनन्। 

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन्।

images
images
images

६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको १७ खर्ब ५१ अर्बको बजेटका बारेमा हामीले पूर्वअर्थसचिव रामेश्वर खनालसँग प्रतिक्रिया लिएका थियौँ। प्रस्तुत छ रामेश्वर खनालको प्रतिक्रिया -

images
images

वित्तीय सन्तुलनका हिसाबले बजेट ठीक देखिन्छ। लगानीको वातावरण सुधार र सरकारको पुँजीगत खर्च क्षमता वृद्धि गर्न घोषणा गरेका नीतिगत सुधारका विषय यो बजेटको उल्लेख्य विशेषता हो। 

images
images
images

धेरै लामो कुरा गरिएको छ। कतिपय विषयमा गरिएको कुरा लागु गर्न पनि नसकिएला। हामीले हर्ने भनेको वित्तीय सन्तुलन, आर्थिक वृद्धिदर र मूल्यवृद्धिको हो। जुन ठीकै छ।

आर्थिक वृद्धिदर धेरै उच्च र अस्वभाविक नभए पनि कार्यान्वयनमा त्यति सहज पूरा हुने अहिलेकै अवस्थामा कठीन छ। पुँजीगत बजेट नै चालु वर्षको तुलनामा ७८ अर्बले घटेको छ। 

यदि अहिले विनियोजन गरेको खर्च सबै हुँदा पनि निजी क्षेत्रले १४ खर्बसम्म लगानी गर्नुपर्छ। यति गर्‍यो भने ६ प्रतिशतको वृद्धिदर पूरा हुन्छ। 

लगानीको वातावरण सुध्रियो र खर्चको प्रभावकारिता बढ्यो भने असम्भव नै होइन। 

वित्तीय व्यवस्थाका लागि ३३ प्रतिशतले बजेट बढेको छ। २०७२ सालपछि लिएको ऋणको भुक्तानी सुरु भएको छ। यसले गर्दा साँवा र ब्याज भुक्तानी गर्नुपर्दा विनियोजन बढेको हो। 

‍बजेटको बिडम्बना भनेको निर्वाचन क्षेत्र केन्द्रित बजेट विनियोजन हो। यो बाहेक अरु खर्चका प्रस्ताव अस्वभाविक छैनन्। 


प्रकाशित : सोमबार, जेठ १५ २०८०१४:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend