शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

कुन मन्त्रालयको बजेट कति?

images
सोमबार, जेठ १५ २०८०
images
images
कुन मन्त्रालयको बजेट कति?
images
images

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि १७ खर्ब ५१ अर्ब ७८ करोड रूपैयाँको बजेट ल्याएको छ। दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट प्रस्तुत गरेका हुन्।

images
images
images

चालु आर्थिक वर्षका लागि भने सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको थियो। वर्तमान गठन्धनकै सरकारले ल्याएको यो वर्षको बजेट भने खर्च हुनसक्ने भन्दै यसअघि नै अनमान संशोधन भइसकेको छ। 

images
images

चालु वर्षका लागि ११ खर्ब ८३ अर्ब २३ करोड अर्थात् चालु र  ३ खर्ब ८० अर्ब  ३८ करोड अर्थात्  पुँजीगत खर्चको विनियोजन गरिएको छ। २ खर्ब ३० अर्ब २१ करोड वित्तीय व्यवस्थाका लागि विनियोजन गरिएको छ। 

images
images
images

खर्च जुटाउनका लागि सरकारले १२ खर्ब ४० अर्ब ११ करोड राजस्वबाट उठाउने, ५५ अर्ब ४६ करोड वैदेशिक अनुदानबाट व्यवस्था गर्ने अनुमान गरेको छ। 

चालु वर्ष २ खर्ब ४२ अर्ब २६ करोड वैदेशिक ऋण परिचालन गर्ने लक्ष्य लिएको सरकारले २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ।  

मन्त्रालयगत बजेट

कृषि तथा पशुपक्षी मन्त्रालयको लागि  ५८ अर्ब ९८ करोड

वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ५६ करोड

गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब २४ करोड

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय  ९ अर्ब ४६

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ८ अर्ब ८ करोड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ११ अर्ब ९६ करोड

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय १ खर्ब ९७ अर्ब २९ करोड

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड

खानी पानी तथा सरसफाई मन्त्रालय २८ अर्ब १६ 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय १ खर्ब ३१ अर्ब

सहरी विकास मन्त्रालय ६६ अर्ब १७ करोड

उर्जा जलस्रोत तथा सिचाँइ मन्त्रालय ८७ अर्ब ४५ करोड

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ८ अर्ब  ७१


प्रकाशित : सोमबार, जेठ १५ २०८०१३:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend