शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

धेरै आयोजनामा बजेट छर्ने प्रवृत्तिमा रोक 

images
सोमबार, जेठ १५ २०८०
images
images
धेरै आयोजनामा बजेट छर्ने प्रवृत्तिमा रोक 
images
images

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७८०/८१ को बजेट सार्वजनिक गर्दै स्रोत छर्ने प्रवृत्तिमा रोक लगाउने नीति लिएको छ।

images
images
images

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताएका हुन्। 

images
images

सरकारले ठूलो संख्यामा आयोजना र कार्यक्रम समावेश गरी स्रोत साधन छर्ने प्रवृत्तिमा सुधार गर्न क्षेत्रगत प्राथमिकताभित्र पनि ठूला तथा रणनीतिक महत्त्वका, छिटो प्रतिफल दिने र बहुसंख्यक जनताले लाभ प्राप्त गर्ने आयोजना तथा कार्यक्रमलाई प्राथमिकता दिई रकम छुट्टयाएको छ।

images
images
images

संघीय सरकार अन्तर्गतका विभिन्न २० वटा निकाय खारेज गरिएको बताइएको छ। सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन क्रमश कार्यान्वयन गरिनेछ। आगामी आर्थिक वर्षका लागि सबै प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज गर्ने पनि बजेटमा उल्लेख छ। नयाँ सवारी साधन र फर्निसिङ नगरिने अर्थमन्त्रीले बताए। 


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend