शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

महाराजगञ्जमा पनि खुल्यो चिया सागर, पाइन्छ ५५ प्रकारका चिया

images
सोमबार, जेठ १५ २०८०
images
images
महाराजगञ्जमा पनि खुल्यो चिया सागर, पाइन्छ ५५ प्रकारका चिया

चिया सागर बिहान साढे ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म खुला हुन्छ। 

images
images

काठमाडौं- चिया पारखीहरू गफिने नयाँ अड्डा खुलेको छ। ८० लाख रूपैयाँ लगानीमा चिया सागरले काठमाडौंको नयाँ बानेश्वरपछि महाराजगञ्जको श्रीकान्ति मार्गमा नयाँ आउटलेट विस्तार गरेको हो।

images
images
images

चिया सागरमा मनै लोभ्याउने वातावरणमा मिठो चिया पिउन पाइन्छ। यहाँ ५५ प्रकारका चिया पाइन्छन्।  

images
images

विशेषगरी चिया सागरको मेनुमा मट्का, मसला, आइस टी, घरको चिया, हर्बल टी, ग्रिन टी, फ्रुट टी उपलब्ध छन्। यी मध्य निकै चर्चित मसाला चिया छ। ‘ए वान ग्रेड’को मसाला मिसाएर आफ्नै रेसिपी तयार पारिएको छ। 

images
images
images

चियाका पारखीहरूलाई फरक-फरक स्वाद चखाउने उद्देश्यले खोलिएको चिया सागरमा ३० देखि तीन सय रूपैयाँ कपसम्मका चिया उपलब्ध छन्। चिया, कफीबाहेक यहाँ बेकरी आइटम पनि उपलब्ध छन्।

चिया सागर बिहान साढे ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म खुला हुन्छ। 


प्रकाशित : सोमबार, जेठ १५ २०८०१०:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend