शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

सांसदलाई बजेट बाँड्दै ब्युँताइयो कुशासन, पाँच-पाँच करोड दिइने

images
सोमबार, जेठ १५ २०८०
images
images
सांसदलाई बजेट बाँड्दै ब्युँताइयो कुशासन, पाँच-पाँच करोड दिइने
images
images

काठमाडौं- चौतर्फी आलोचनाका बीचमा सरकारले सांसदलाई बजेट दिने कार्यक्रम फेरि सुरू गरेको छ। नीति निर्माणमा सक्रिय हुनुपर्ने सांसदलाई निर्वाचन क्षेत्रमा विकासका लागि बजेट दिने कार्यक्रम फेरि सुरु भएको हो।

images
images
images

प्रतिनिर्वाचन क्षेत्र पाँच करोड रूपैयाँ दिने घोषणा गरिएको छ। यसका लागि ८ अर्ब २५ करोड रूपैयाँ विनियोजन गरिएको छ। हरेक निर्वाचन क्षेत्रमा कम्तीमा एक करोड रूपैयाँ लगानीका आयोजना अघि बढाइने बजेटमा उल्लेख छ।

images
images

नेपाली कांग्रेसका नेतासमेत रहेका अर्थमन्त्री डा प्रकाशशरण महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई ब्युँताएका हुन्। यअसघि विष्णु पौडेलले २०७८/७९ को बजेटबाट यो कार्यक्रम हटाइदिएका थिए। 

images
images
images

पौडेलले उक्त कार्यक्रम हटाउनुअघि सांसदहरूलाई दिने बजेट प्रतिनिर्वाचन क्षेत्र ६ करोड ५० लाख रुपैयाँ थियो। नेपाली कांग्रेस र माओवादीका सांसदहरूको चाहनाअनुसार नै गठबन्धन सरकारले सांसदलाई बाँड्ने कार्यक्रम ल्याएको हो। 

संघीयताको मर्मत विपरीत हुने भन्दै यस्तो कार्यक्रमका विरुद्धमा सांसदहरूले नै आवाज उठाइरहेका छन्। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले विरोधन जनाइरहेका छन्। 


प्रकाशित : सोमबार, जेठ १५ २०८०१३:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend