शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

जेठ १७ देखि ललितपुरमा एक महिने जुत्ता चप्पल व्यापार मेला, यस्ता छन् सुविधा

images
सोमबार, जेठ १५ २०८०
images
images
जेठ १७ देखि ललितपुरमा एक महिने जुत्ता चप्पल व्यापार मेला, यस्ता छन् सुविधा

मेलामा ३ हजारभन्दा बढी मोडल र डिजाइनका गुणस्तरीयर नेपाली जुत्ताहरु उपलब्ध हुनेछन्। मेला अवधिभरमा ३ लाख अवलोकनकर्तालाई अवलोकन गराउनुका साथै ५ करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ।  

images
images

काठमाडौं- जेठ १७ गतेदेखि ललितपुरको जावलाखेल खेल मैदानमा 'प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला' लाग्ने भएको छ। यो एक महिने मेला असार १७ गतेसम्म सञ्चालन हुनेछ। मेला बिहान ९ बजेदेखि ७ बजेसम्म खुला रहनेछ।

images
images
images

मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरु किरण शुज म्यानुयाक्चर्सको उत्पादन गोल्डस्टार, रोयल शु इण्डष्ट्रिजको उत्पादन रोयल, शुज, वेश फुटवेयरको उत्पादन वि.एफ डियर हिल र वि.एफ स्पोर्ट गरि ९ वटा कम्पनी र ब्रान्डहरुको सहभागिता रहनेछ।

images
images

यस्तै मेलामा लालिगुराँस फुटवेयरको क्रस रोड शुज, शुभकामना फुटवेयरको फस्टवाक शुज, नमस्ते फुटवेयरकोसिल, सुरभी पोलिमर्सको हाई लाईफ, केटिएम शुजको केटिएम, डिजे शुज कम्पनीको डिजे शुज पनि राखिनेछ। 

images
images
images

मेलामा ३ हजारभन्दा बढी मोडल र डिजाइनका गुणस्तरीयर नेपाली जुत्ताहरु उपलब्ध हुनेछन्। नयाँ उत्पादन पनि उक्त मेलामा लञ्च गरिनेछ। मेला अवधिभर विषेश छुटको व्यवस्था गरिनेछ।

न्यूनतम २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइने जानकारी दिइएको छ।

मेला अवधिभरमा ३ लाख अवलोकनकर्तालाई अवलोकन गराउनुका साथै ५ करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ।

मेलामा निःशुल्क प्रवेश गर्न सकिने मेला संयोजक दिवाकर गिरीले जानकारी दिए।


प्रकाशित : सोमबार, जेठ १५ २०८००६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend