शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

१५.१ प्रतिशत नेपाली गरिबीमा, कर्णालीमा सबैभन्दा धेरै 

images
आइतबार, जेठ १४ २०८०
images
images
१५.१ प्रतिशत नेपाली गरिबीमा, कर्णालीमा सबैभन्दा धेरै 

कर्णालीपछि सुदूरपश्चिम प्रदेशमा २५.३ र मधेस प्रदेशमा २४.२ प्रतित जनसंख्या गरिबीमा रहेको छ। 

images
images

काठमाडौं- १५.१ प्रतिशत नेपाली निरपेक्षा गरिबीको रेखामुनी रहेको सरकारले घोषणा गरेको छ। 

images
images
images

अर्थ मन्त्रालयले प्रकाशन गरेको आर्थिक सर्वेक्षण २०७९/८० मा उल्लेख भएको तथ्यांक अनुसार १५.१ प्रतिशत जनसंख्या निरपेक्षा गरिबीमा रहेको उल्लेख गरिएको छ। 

images
images

नेपाल जीवनस्तर सर्वेक्षण २०१०/११ को आधारमा राष्ट्रिय योजना आयोगले हाल कूल जनसंख्याको १५.१ प्रतिशत गरिबीमा रहेको उल्लेख गरिएको छ। आर्थिक वर्ष २०७५/७६ मा १८.७ प्रतिशत नेपाली गरिबीमा थिए। 

images
images
images

कोरोना महामारीले गरिबी निबारणमा धक्का दिने अनुमान गरिएपनि नेपाल सरकारले भने सुधार भएको आँकडा प्रस्तुत गरेको छ। 

त्यस्तै  १७.४ प्रतिशत बहुआयामिक गरिबीमा रहेका छन्। बहुआयामिक गरिबीमा गाउँ र सहरमा फरक रहेको छ। गाउँमा २८ प्रतिशत बहुआयामिक गरिबीमा छन् भने सहरमा जम्मा १२. ३ प्रतिशत गरिब रहेका छन्। 

प्रादेशिक रुपमा गरिबीको आँकडा फरक रहेको छ। सबैभन्दा धेरै कर्णाली प्रदेशमा ३९.५ प्रतिशत निरपेक्ष गरिबीमा रहेका छन्। त्यस्तैभन्दा न्यून वागमती प्रद ेशमा ७ प्रतिशत गरिबीमा छन्। 

कर्णालीपछि सुदूरपश्चिम प्रदेशमा २५.३ र मधेस प्रदेशमा २४.२ प्रतित जनसंख्या गरिबीमा रहेको छ। 


प्रकाशित : आइतबार, जेठ १४ २०८०११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend