शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

यी हुन उच्च नाफा गर्ने पाँच संस्थान, जसले वर्ष दिनमै कमाए ३२ अर्ब २५ करोड

images
आइतबार, जेठ १४ २०८०
images
images
यी हुन उच्च नाफा गर्ने पाँच संस्थान, जसले वर्ष दिनमै कमाए ३२ अर्ब २५ करोड

सबैभन्दा बढी खुद नोक्सानीमा जाने संस्थानमा भने नेपाल आयल निगम रहेको छ। निमगको खुद नोक्सानी ३८ करोड १७ करोड रुपैयाँ रहेको छ।

images
images

काठमाडौं- आर्थिक वर्ष २०७८/७९ मा आइपुग्दा ४४ वटा सार्वजनिक संस्थान अस्तित्वमा रहेका छन्। त्यसमध्ये २५ वटा संस्थान नाफा आर्जन गर्न सफल छन् भने १७ वटा संस्थानले घाटा ब्यहोरेका छन्।

images
images
images

दुईवटा संस्थानको कारोबार शून्य रहेको छ। यस आर्थिक वर्षमा पनि जनकपुर चुरोट कारखाना लिमिटेड बन्द छ भने विद्युत उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको व्यवसाय सुरुवाति अवस्थामा नै रहेको छ।

images
images

२५ वटा नाफामा रहेका संस्थानमध्ये बढी नाफा आर्जन गर्नेमा नेपाल विद्युत प्राधिकरण रहेको छ। प्राधिकरणको खुद नाफा १३ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। 

images
images
images

यसैगरी नेपाल दुरसञ्चार प्राधिकरणको खुद नाफा ८ अर्ब ४७ करोड, राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ४ अर्ब २९ करोड, नागरिक लगानी कोषको खुद नाफा ३ अर्ब १० करोड र निक्षेप तथ कर्जा सुरक्षण कोषको खुद नाफा ३ अर्ब १ करोड रुपैयाँ रहेको छ। पाँचवटा संस्थानको खुद नाफा समग्रमा ३२ अर्ब २५ करोड रुपैयाँ रहेको छ।

बढी नोक्सानीमा जाने पाँच संस्थान

सबैभन्दा बढी खुद नोक्सानीमा जाने संस्थानमा नेपाल आयल निगम रहेको छ। निमगको खुद नोक्सानी ३८ करोड १७ करोड रुपैयाँ रहेको छ।

यसैगरी नेपाल वायु सेवा निगमको खुद नोक्सानी १ अर्ब ७९ करोड, नेपाल खानेपानी संस्थानको खुद नोक्सानी ३९ करोड ५४ लाख, दुग्ध विकास संस्थानको खुद नोक्सानी ३७ करोड र नेपाल औषधी लिमिटेडको खुद नोक्सानी १३ करोड ८७ लाख रुपैयाँ रहेको छ।


प्रकाशित : आइतबार, जेठ १४ २०८०११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend