शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

१४ दिनपछि खुल्यो कर्णाली करिडोर

images
आइतबार, जेठ १४ २०८०
images
images
१४ दिनपछि खुल्यो कर्णाली करिडोर

गत बैशाख ३० गतेदेखि बन्द गरिएको कर्णाली करिडोर पुल मर्मतपछि खुला गरिएको हो।

images
images

मान्म- कर्णाली करिडोरअन्तर्गत खुलालुको पुल मर्मतका लागि चौध दिन बन्द गरिएको करिडोर खुला गरिएको छ। कालीकोटको खुलालु पुल आसपासको सडक मर्मत गर्नुपर्ने भएकाले गत बैशाख ३० गतेदेखि कर्णाली करिडोर बन्द गरिएको थियो।

images
images
images

पुलको आसपासको सडक मर्मत भएपछि कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्ला सडकखण्ड पूर्ण रुपमा सञ्चालन गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए। उनका अनुसार पुलको दक्षिणतर्फको दुई वटा खाल्डा तथा सडक ‘पिसिसी’ प्रविधिबाट मर्मत गरिएको छ।

images
images

'ठूला मालबाहक सवारीसाधन पीसीसी सडकबाटै आउजाउ गर्न थालेका छन्', प्रजिअ माझीले भने, 'जोखिम ठाउँमा गरिएको पिसिसी प्रविधिबाट मर्मत गरिएकाले  छोटो समयमा नै गाडी चलाउन मिलेको हो।'

images
images
images

पुलको आसपासको सडक निकै जोखिम रहेकाले सोलिङ (नयाँ तह लगाएर) र पिसिसी गरिएको उनको भनाइ थियो। पुलको छेउमा रहेका ढुंगाका कारण सवारीसाधन दुर्घटनाको जोखिम थियो। प्रजिअ माझीले सवारी दुर्घटना न्यूनीकरणका लागि सडक मर्मत गरिएको बताए।

सडक डिभिजन कार्यालय जुम्लाले खोलेको ठेक्कामा कुनै निर्माण कम्पनीको ठेक्का नपरेपछि कार्यालयले नै सडक मर्मत गरेको कार्यालय प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए। रासस 


प्रकाशित : आइतबार, जेठ १४ २०८०१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend