शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

१ अर्ब २७ करोड टन चुनढुंगाको खनिज अन्वेषण 

सिमेन्टमा आत्मनिर्भर भएर निर्यात सुरू

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १४ २०८०
images
images
१ अर्ब २७ करोड टन चुनढुंगाको खनिज अन्वेषण 

सिमेन्टमा नेपाल आत्मनिर्भर भएर निर्यात पनि सुरू भइसकेको छ। 

images
images

काठमाडौं-  नेपालमा हालसम्म १ अर्ब २७ करोड टन चुनढुंगासो खनिज अुनसन्धान तथा अन्वेषण भएको छ। 

images
images
images

आर्थिक सर्वेक्षणको तथ्यांक अनुसार देशमा हालसम्म  २५ जिल्लामा करिब ७० करोड टन प्रमाणित, २० करोड टन अर्धप्रमाणित तथा ३७ करोड टन सम्भाव्य गरी करिब १ अर्ब २७ करोड  टन चुनढुङ्गा अन्वेषण भएको हो। 

images
images

हाल १ करोड ७० लाख टन प्रति वर्ष क्षमताको २६ एकीकृत उद्योग (सिमेन्ट, क्लिङ्कर सहितका) सञ्चालनमा छन् भने २ सिमेन्ट उद्योग र ३८ ग्राइन्डिङ युनिट निर्माणाधीन रहेका छन्। हाल यी उद्योग ७० प्रतिशत क्षमतामा सञ्चालन भएका छन्। यस्ता उद्योगबाट वार्षिक १ करोड टन सिमेन्ट स्वदेशमै उत्पादन हुने अनुमान छ। 

images
images
images

सिमेन्टमा नेपाल आत्मनिर्भर भएर निर्यात पनि सुरू भइसकेको छ। 

चुनढुंगा बाहेकका अन्य खनिजको अध्ययन अनुसन्धान भने सुस्त रहेको छ। सरकारको तथ्यांक अनुसार ५० प्रकारका खनिजको प्रवर्द्धन भएको छ। ९ खनिजहरू (तामा खनिज ३ वटा (धादिङ्ग र गोर्खा), फोस्फोराईट २ वटा (बैतडी), चुनढुङ्गा २ वटा (सुर्खेत र सल्यान),  डोलोमाईट १ वटा (खोटाङ्ग), म्याग्नेसाईट १ वटा (उदयपुर) को अन्वेषण अघि बढेको सर्वेक्षणमा उल्लेख. गरिएको छ। 

 

 

 


प्रकाशित : आइतबार, जेठ १४ २०८०१०:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend