शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

मध्य तमोरको प्रसारण लाइनका लागि ताप्लेजुङको वनक्षेत्र प्रयोग गर्न र रुख हटाउन सरकारको स्वीकृति

images
आइतबार, जेठ १४ २०८०
images
images
मध्य तमोरको प्रसारण लाइनका लागि ताप्लेजुङको वनक्षेत्र प्रयोग गर्न र रुख हटाउन सरकारको स्वीकृति

राष्ट्रिय योजना आयोगको सदस्यमा लमजुङकी अनिता दुलाललाई नियुक्त गर्ने निर्णय पनि भएको छ।

images
images

काठमाडौं- सरकारले सिन्धुलीमाढी भूमिस्थान चकमके उदयपुर कटारी सडकखण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। 

images
images
images

आइतबार बसेकाे मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन्।

images
images

मन्त्री शर्माका अनुसार बैठकले वन तथा वातावरण मन्त्रालयको मध्य तमोर जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वनक्षेत्रको प्रयोग गर्न र सो जग्गामा रहेको रुख हटाउन स्वीकृति दिने निर्णय पनि गरेको छ।  

images
images
images

राष्ट्रिय योजना आयोगको सदस्यमा लमजुङकी अनिता दुलाललाई नियुक्त गर्ने, क्यानडामा आगामी भदौ ५ देखि ९ गतेसम्म आयोजना हुने विश्व वातावरणको सातौँ सभाको सम्बन्धित बैठकमा अर्थमन्त्री डा प्रकाशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने लगायतका निर्णय पनि भएको मन्त्री शर्माले बताइन्। 

गणतन्त्र दिवसका सन्दर्भममा केही कैदीको बाँकी सजाय र केही कैदीको आममाफी दिने निर्णय भएको र त्यसमा विशेषगरी रेशम चौधरीको निवेदनका आधारमा राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने निर्णय भएको पनि उनले जानकारी दिइन्।


प्रकाशित : आइतबार, जेठ १४ २०८००६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend