शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

तातोपानी भन्सारबाट राजस्व संकलन न्यून

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १४ २०८०
images
images
तातोपानी भन्सारबाट राजस्व संकलन न्यून

तातोपानी नाकाबाट विसं २०७२ को भूकम्पअघि दैनिक डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो।

images
images

चौतारा- चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भन्सारबाट लक्ष्यभन्दा ज्यादै कम राजस्व संकलन भएको छ।

images
images
images

आर्थिक वर्ष २०७९/८० को वार्षिक लक्ष्य ४ अर्ब ३२ करोड ९५ लाख ७५ हजार रहेकामा बैशाखसम्मको असुली २ अर्ब ५४ करोड १४ लाख २ हजार ४ सय ८२ संकलन भएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताए। केसीका अनुसार बैशाखसम्मको लक्ष्य ३ अर्ब ८१ करोड ४५ लाख ७० हजार रहेको थियो।

images
images

हालसम्म ६६ दशमलव ६६ प्रतिशत प्रगति भएको उनले जानकारी दिए। गत वर्षको तुलनामा केही प्रतिशत प्रगति देखिए पनि खासै प्रगति हुन नसकेको उनको भनाइ छ।

images
images
images

तातोपानी नाकाबाट विसं २०७२ को भूकम्पअघि दैनिक डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो। यसपछि २०७६ जेठ १५ गते पुनः सञ्चालनमा आए पनि सो नाका विभिन्न प्राकृतिक अवरोधले पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन। रासस

 


प्रकाशित : आइतबार, जेठ १४ २०८००४:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend