शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

आर्थिक समस्या समाधानमा राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ : सांसद शर्मा

images
शनिबार, जेठ १३ २०८०
images
images
आर्थिक समस्या समाधानमा राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ : सांसद शर्मा

नीति तथा कार्यक्रमले नागरिकलाई केन्द्रमा राख्नुपर्ने सांसद विश्वप्रकाश शर्माले बताए।

images
images

काठमाडौं- सांसद विश्वप्रकाश शर्माले मुलुकको आर्थिक चुनौतीलाई पार लगाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद शर्माले यस्तो बताएका हुन्।

images
images
images

'हिजो परिवर्तनका लागि एक ठाउँमा उभिएका राजनीतिक दलहरू आजको आर्थिक चुनौतीलाई पार लगाउन एक ठाउँ उभिन जरुरी छ', उनले भने, 'गणतन्त्र १५ वर्ष पुग्दै गर्दा आत्मसमीक्षा गरेर हामीले यसलाई आत्मसाथ गर्नुपर्छ।'

images
images

उनले नीति तथा कार्यक्रमले नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताए। 'भौतिक प्रगतिको रटानले मात्रै हामीलाई भ्यूटावर खडा गर्न उस्काउँछ तर मान्छे बिर्साउँछ। भ्यूटावरका लागि डेढ अर्ब रूपैयाँ छुट्याउँदै गर्दा धनुषामा डेढ सय रुपैयाँको स्लाइन पानी लाउनसमेत नपाएर राजु सदाको मृत्यु भइरहेको छ', उनले भने।

images
images
images

सांसद शर्माले २००७ सालदेखिकै भ्रष्टाचारका फाइल खोली अनुसन्धान सुरु गरे। सांसद शर्माले झापाको दमकमा रहेको सुकुम्बासीको समस्या समाधान गर्न आग्रह गरे। उनले सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउन मागसमेत गरे। रासस


प्रकाशित : शनिबार, जेठ १३ २०८०१२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend